Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा डिएसपीसहित ४२ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । कोरोनाले सबैतिर आक्रान्त पारेको छ । सबै क्षेत्रका मानिस संक्रमित भइरहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। महारागञ्ज वृत्तका २२ जना जनसेवा वृत्तका २० जना गरी ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। बुधबार साँझ प्रहरी अस्पतालबाट आएको रिपोर्टअनुसार महाराजगञ्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको छ। उनका अनुसार लक्षण देखिएपछि मात्रै अस्पतालमा लगिएको छ। अन्यलाई होम आइसोलेसनमै राखिएको परिसर जनाएको छ । महारागञ्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फैलिएको थियो। गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको थियो। त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो। उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ। संक्रमित हुनेमा तालिम सकेर भर्खरै सेवा सुरु गरेका प्रहरी सहायक निरीक्षक पनि रहेको परिसर जनाएको छ।