Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिमा लुटतन्त्र सवैको मार्गदर्शन

काठमाण्डौ । नेताको स्वार्थ र पार्टीमा गुटको स्वार्थ बढेको कारण संघियता गणतन्त्र सामाजिक न्याय र विधिको शासनवाट दलहरु टाढीएका छन् । देश र जनताको सर्वोपरितालाई चासो दिनु पर्नेमा दलहरु कमाउन व्यस्त छन् । देशको राजस्वमा लुट चर्काएका दलहरुले सुन तस्करको समेत संरक्षण गरेकै छन् । भुटानी शरणार्थी ललिता निवास प्रकरण ठूलो आर्थिक लेनदेनकावीचमा सफल भएका हुन् । सुन तस्करीमा माओवादी कै नेता तीनका पूत्र जोडिए । यो प्रकरणले पार्टीको गाउँ गाउँमा माओवादी भन्ने नारा ओझेलमा पर्यो । भ्रष्टाचार प्रदेशमा पनि व्यापक छ । विकास पूर्वाधार समयमा सम्पन्न नहुनु पटक पटक म्याद थप्नु भ्र्रष्टाचार हो ।
उता प्रदेश तिरको सत्ता लफडाले कोशीमा विवाद छ । हिक्मत कुमार कार्की अल्पमतको सरकारका मुख्यमन्त्री हिजो सत्ता गठवन्धका उद्धव थापा थिए । एमालेका अध्यक्ष केपी ओलीको हेपाह शैलीकै कारण नेपालमा संख्यात्मक रुपमा पुग्ने देशभक्त वामपन्थी प्रगतिशील पक्षको सरकार भत्केको हो । शुरुमा केपीले काँग्रेसलाई उचालेर माओवादीलाई सत्ता वाहिर राख्ने खेल खेल्दै प्रम पदका लागि भुतुक्क भएका प्रचण्डलाई तानेर तर संसदवाट विश्वासको मत लिदा संसद विघटन कानून सम्वत बनाउन ओली नै कूर्लिए । उनको त्यो कुर्लाइ कै कारण सवै प्रदेशका सरकारहरु छिन्न भिन्न भए । एमाले लुम्वीनी सुदुर पश्चिम, गण्डकी र कोशीमा अल्पमतमा पर्यो । अहिले त्यो रोगले कोशीलाई प्रभावमा पारेको छ । एमाले ठूलो दल हो । राप्रपाका ६ सांसदले समेत सरकारलाई साथ दिन रुचाएको कारण कार्की सरकार ढल्यो । ४७ जनाको बहुमत मानिन्छ । एमाले ४०, राप्रपा ६, जोडदा पनि ४६ जना हुन्छ एकजना पुग्दैन् । जसपा १ जना सांसद छन् । केन्द्रमा भएको गठवन्धन प्रदेशमा लागू हुने नै भयो । मधेस प्रदेशमा जसपा कै सरकार छ । काम गर्न त्यो समूहले चासो दिदैन् । भ्रष्टाचार जसपाको केन्द्रीय लक्ष हो । अघिल्लो पटक छोरी पढाउ चेली बचाउ अभियानको भ्रष्टाचार साईकल वितरण काण्ड अख्तीयारमा पुगेको छ । जहाँका जनता नागरिकता विहिन छन् । अस्थिरता त्यहाँ पनि छ । काँग्रेसलाई सत्ताको नेतृत्व प्राप्त भएकै हो ।