Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीनामा दिँदै गृहमन्त्री

काठमाडौं । सिंगो मुलुकको सुरक्षा र निर्वाचनको सुरक्षा हेर्ने गृहमन्त्री नै जनताबाट पराजित हुनु लाजमर्दो विषय हो । गृहमन्त्री बालकृष्ण खाँणले हार स्वीकार्दै नैतिकताका आधारमा राजीनामा दिने भएका छन् । हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् ।
मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् । प्रधानमन्त्री देउवाले भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै बधाईसमेत दिएका थिए । खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।