Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीनामा पछि महन्थको गुलाम गर्न पुगे उपेन्द्र

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा पठाएर उनी सिधै लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्नका लागि उनको निवास पुगेका हुन् ।

भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ । जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्रले फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ । कांग्रेस, नेकपा एस र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर अध्यक्ष यादव लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग माग्न पुगेको स्रोतको भनाई छ ।

छलफलका क्रममा यादवले आफ्नो पार्टी माओवादी र एमालेले मिलेर विभाजन गराएको गुनासो गरेका थिए । ‘यादवजीले मधेसमा लोसपा र जसपा मिलेर जानुपर्छ भन्ने कुरा राख्नुभयो,महन्थ ठाकुरनिकट एक नेताले रातोपाटीलाई बताए ।

जवाफमा लोसपाका अध्यक्ष ठाकुरले यादवलाई भनेको कुरा उद्धृत गर्दै तीन नेताले भने, अहिले तपाईंले हस्ताक्षर गरेको गठबन्धन छ । दुईवटा गठबन्धन वा सहकार्य कसरी हुन्छ रु हामी त त्यो गठबन्धनमा छैनौँ नि । त्यसपछि अध्यक्ष यादवले आफूले सरकारबाट राजीनामा तथा समर्थन समेत फिर्ता लिइसकेपछि गठबन्धनमा बसे÷नबसेको कुनै औचित्य नरहने धारणा राखेका थिए ।

अध्यक्ष उपेन्द्र यादवले राखेको प्रस्तावमा अध्यक्ष ठाकुरले कुनै प्रतिबद्धता नजनाएको पनि ती नेताको भनाई छ ।

यता, लोसपाका महासचिव मनिष मिश्रले दुई अध्यक्षबिच समसामयिक विषयमा कुराकानी भएको बताए । मधेस सरकार, केन्द्र सरकार, गठबन्धनलगायतको विषयमा कुराकानी भएको तर कुनै ठोस निष्कर्ष भने ननिस्केको उनले बताए ।

जसपा नेपालबाट बाहिरिएपछि अशोक राईको नेतृत्वमा अर्को पार्टी बनिसकेको छ । पार्टी विभाजन भएपछि फरक ढङ्गले राजनीतिक घटनाक्रम अगाडि बढेका छन् ।

मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिइसकेपछि त्यहाँ अर्को नयाँ सत्ता समीकरण निर्माण तयारी चलिरहेको छ । हिजो माओवादी, लोसपा, जनमत र एमालेका नेताहरूले एकसाथ हात मिलाएको फोटो सार्वजनिक गरेर नयाँ गठबन्धनको सङ्केत गरेका थिए ।

तर अहिलेसम्म नयाँ गठबन्धनको कुनै कुरा नभएको लोसपाका महासचिव मिश्रले बताए । उनले भने, मधेस प्रदेशमा पार्टीका साथीहरूले व्यक्तिगत भेटघाटमा कुनै ऐक्यबद्धताको बारेमा कुराकानी गर्नुभएको हो । तर अहिले नै त्यहाँ कुनै गठबन्धन बनेको छैन ।


सम्बन्धित समाचार