Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपा पदाधिकारीको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पदाधिकारीको बैठक आज बस्ने भए छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने जनाईएको छ । बैठकले निर्वाचन केन्द्रित रहेर देशभर राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनाबारेसमेत छलफल गर्नेछ ।
पार्टीमा अध्यक्षसहित सात जना निर्वाचित, २४ जना मनोनीत २४ गरी जम्मा ३१ पदाधिकारीहरु छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरि बाहिरिसकेका छन् ।