Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। माओवादीहरु एकपछि अर्को गर्दै टृक्रिँदै कमजोर हुँदै जाँदा चौतर्फी घेराबन्दीमा छन् । जब माओवादी कमजोर बन्छ तब युद्धकालका घटना उचालेर सखाप पार्ने तयारी नहोला भन्न सकिन्न । त्यसैले त पूर्व माओवादीहरु आपत परेपछि मात्रै एउटा मोर्चामा पुगेका हुन् । नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरु पछिल्लो समय गुमनाम देखिएका छन्। राजनीतिक सरगर्मी बढिरहेको बेला एमालेमा रहेर राजनीतिक भूमिकामै रहेका माओवादी पृष्ठभूमिका नेताहरु फुर्सदिलो देखिएका छन्। एमाले र माओवादी केन्द्रबीच एकता भंग भएर अलग अलग पार्टी ब्यूँतिएपछि एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले मौन छन्। उनीहरु एमालेमा अध्यक्षकेपी शर्मा ओलीको चेपुवामा परे पनि बाध्यतावश रहेको चर्चा हुन थालेको छ। एमाले र माओवादी मिलेर ०७५जेठ ३ गते नयाँ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन गरेका थिए। दुई वर्षपछि आन्तरिक किचलो उत्कर्षमा पुगेर विभाजनउन्मुख अवस्थामा सर्वोच्च अदालतको २०७७ फागुन २३ गतको फैसलाले औपचारिक रुपमा दुबै पार्टीलाई पूर्ववत् अवस्थामा पुर्याएपछि अलग भएका थिए। नेता कार्यकर्ताहरु पनि आआफ्नै अलग पार्टीमा लागेपनि माओवादी धारका शीर्षस्थ नेताहरु एमालेमै रहेका थिए। एमालेमा रहेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा लिलबहादुर थापा र दावा तामाङ लगायतका शीर्ष नेताहरु एमालेमा रहेका छन्। सुुरुमा एमालेमै रहेका प्रभु साह भने बाहिरिएर अहिले नयाँ दल आम जनता पार्टी गठन गरेका छन्। एमालेमा रहेका पूर्वमाओवादी अधिकांश नेताहरुले राजनीतिक सक्रियता बढाएका छैनन्। बरु सक्रियता बढाएका पुर्वमाओवादी नेता टोपबहादुर रायमाझी समेत पछिल्लो समय विवादित बनेका छन्। उनी नेपाली नागरिकलाई भुटानी शर्णार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको कतिपय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि विवादमा तानिएका हुन्। नेपालमा रहेका भुटानी शर्णार्थीहरुलाई तेस्रो मुलुक पुर्नवास हुने प्रक्रियामा नेपालीहरुलाई समटेर अवैध रुपमा अमेरिका लैजाने नेपाली गिरोहको सक्रियता खुलाशा भएको थियो। समाचार अनुसार उक्त कार्यमा एमालेमा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको पारिवारिक सदस्य मुछिएका छन्। माओवादीबाट एमाले बनेका नेताहरुमध्ये टोपबहादुर रायमाझीले सक्रियता बढाएका थिए। उनी एमालेको दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। यद्यपि पूर्वमाओवादी नेताहरु अन्यले समेत एमालेमा पदीय भूमिका पाए पनि सक्रियता देखाएका छैनन्। गएको मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका उनी बलियो जनाधार भएका नेतामा पर्दछन्। माओवादी शान्तिप्रक्रियामा आएयता निरन्तर चुनावमा विजयी हुँदै आएका उनी जनतामाझ लोकप्रिय नेता हुन्। तर, पछिल्लो समय विवादित बन्न पुगे। एमालेमा रहेका पूर्वमाओवादी धारका नेताहरुको मौनता र निष्क्रियतलाई लिएर राजनीतिक बजारमा फेरि नयाँ समाजवादी केन्द्रमा संगठित हुने गृहकार्यमा जुटिरहेको बताइएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलगायतले समाजवादी केन्द्र गठनको तयारी थालेका छन्। गएको निर्वाचन अगावै थालिएको गृहकार्य बीचमा अवरुद्ध भएको थियो। अब उपनिर्वाचनपछि समाजवादी केन्द्र गठनको गुहकार्यलाई मूर्तरुप दिन अन्तिम तयारीमा जुटेको दलहरुले सार्वजनिक रुपमा बताइरहेका छन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल