Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिबाट ६ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो । प्रमाणीकरण भएका विधेयकहरुमा भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० विधेयक छन् । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ९पहिलो संशोधन० विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।


सम्बन्धित समाचार