Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिलाई सम्झाउन नेताहरु शिलतनिवासमा

काठमाडौं । पार्टीभित्रको विवादले उग्र रुप धारण गरिरहेको बेला शितलनिवासमा नेताहरुको ओहोरदाहोर बढेको छ । नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् । प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको बताइएको छ । प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको माधव नेपाल निकट एक नेताले बताए । केपी ओलीले हठ नछाड्दा पार्टी फुट्ने र यसले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई समेत अप्ठेरो पर्ने भएकाले राष्ट्रपतिले ओलीमाथि दबाब बढाउन् भन्ने चाहेको उनले बताए ।


सम्बन्धित समाचार