Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियता बचाउन उठे हात

सबै राजनितिक दलहरुले देशको राष्ट्रिय अस्मिता बचाउन यो बखत एकै स्वर व्यक्त गरेका छन् । मुखले ठिक्क पार्ने तर व्यबहार मा खुल्न नचाहनेको पहिचान यसै बेला हुदैछ । जुन बेला छिमेकीले नेपालको सिमा अतिक्रमण गरेर आफ्नो हैकम देखाएको छ । सरकार जनताका अगाडी झुकी रहेको छ । सेना शसस्त्र प्रहरी नेपाल प्रहरी खटीरहेका छन् । उनीहरुका निमित्त वर्षातको समयमा ओत लाग्ने गतिलो छानो छैन । छिमेकी भारत त्यती नै स्थानमा ३०००० जनशक्ति राख्न सफल छ भने नेपाली पक्ष भारत प्रति बफादार भएको कारण यस पटक पर्दाफास भएको छ । सुगौली सन्धिले छुट्याएको नेपाली भुमी कब्जागरेर भारतले इलाम देखि लिम्पीयाधुरा सम्म चलाएको हैकम को विरुद्ध बोल्न सबैलाई बाध्य बनायो । बदनाम उसैको भयो । नेपालले चीन संग व्यापार बलियो बनाउन रोक्ने थिएन । सडक बन्नु सबैका निमित्त राम्राे हो तर छिमेकीको भुमी प्रयोग गर्दा त्रिदेशिय सिमा रहेको लिपुलेक, लिम्पियाधुरा, कुटीयाडंदीको जमीन नेपालकै हो भन्न किन हिचकिचाइयो जहाँ भारतले बारम्बार विवाद सृजना गरेको छ । यो विषय सबै दलका निमित्त राष्टिय पहिचान झल्काउने महत्वपुर्ण अंश बन्नु गर्दछ । सबै दलहरु एक जुट भई वर्तमान समस्या समाधानका निमित्त कुटनितीक तबरमा एकै स्वरले भारत संग छलफल गर्न तयार हुनु पर्दछ । नकी सबै जिम्मेवारी सरकारलाई सुम्पीएर उम्कने अवस्था देखिदैन ।