Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो । त्यस्तै बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे भने कुनै निर्णय गर्न सकेन । यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल