Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशका बैङ्कसँग ऋण लिएर देशमै उद्योग व्यवासय चलाउने धेरै उद्योगपति व्यापारी छन् । तर देशको कमाई देशमै लगानी गर्ने कति छन् । देशलाई ठगेर चुसेर नेपाली जनतालाई सताउने राज्यलाई ठग्ने कति छन् ? देशभक्त र राष्ट्रवादी सरकार हो भने छट्याउनुपर्छ । सरकार लगानी भिœयाउने भन्छ लगानी सम्मेलन गर्छ । विदेशी लगानी आकर्षित गर्न कानुनी बाधा अड्चन खुकुलो बनाउने भन्छ । तर देशलाई चुसेर विदेशमा लगानी गर्ने ठगहरूलाई राहत दिने नाममा राजश्वमा छूट दिन्छ । अहिले त लोडसेडिङले जनता आहात भएको बेला २४ घण्टा निरन्तर विद्युत बाल्ने र उद्योग चलाएर आफू कमाउने राज्यलाई राजश्व नदिने ठगहरूको पक्षमा सरकार लागेको छ । त्यो पनि नेकपा एमालेको नेतृत्वमा बनेको कम्युनिष्ट नेतृत्वको काँग्रेस, कम्युनिष्ट खिचडी सरकार ।
अहिले विद्युत महसुल नतिर्ने हुलास ग्रुपबाहेक सम्पूर्ण उद्योगहरू देशभक्तले चलाएका होइनन् । देशमै लगानी गर्ने रोजगारी बढाउने मिनबहादुर गुरुङ, चन्द्र ढकाल, ज्योति समूह, वैद्य समूह, अमात्य समूह, पञ्चकन्या समू्ह जस्ता दर्जनौं उद्योगी, व्यापारी छन् । तर चौधरी समूह जस्तो सरकारी जमिन कब्जा गर्ने खेतान समूह जस्तो आफ्नो कम्पनी आगो लगाएर आफ्नै कम्पनीबाट बीमा दाबी गर्ने सुविधा आफैं तोक्ने जस्तो काम अरुले गर्दैनन् ।
राज्य तस्कर र ठगको सेवक
राज्यको काम जनतालई दबाउने तस्कर र माफियाको सेवा गर्ने भएको छ । कम्युनिष्ट र काँग्रेस मिलेर देश बनाउलान् भन्ने थियो । तर ओली सरकारले शुरुमै लक्षण देखायो । केपी ओली आत्म प्रशंसक हुन् । राज्यलाई ठग्ने ठगहरूले नेतालाई आइस्यो, गइस्यो, भुजा ज्यूनार गरिस्यो भन्दै स्वार्थ पूरा गर्छन् । ओलीको दया त्यस्तैलाई जग्छ । रु ८ अर्ब २६ करोड पछिल्लो पटक विद्युत महसु्ल नतिर्ने व्यापारी घराना जनताद्वारा बहिष्कृत हुन सक्थ्यो । यो देशमा स्वार्थ रहित नागरिक समूह राष्ट्रवादी राजनीतिक दल थिए भने त्यस्ता ठगहरूको शिर ठाडो हुने थिएन । यहाँ त जो ठग छ उसैलाई नेताले साथ दिन्छन्, चिन्छन् सरकारी सुविधा दिलाउँछन् ।
नेता लोभी, देशघाती, जनघाती भएको देशमा जनताको उदारताको अर्थ हुँदैन । सत्तामा गएपछि माओवादी कस्तो हुन्छ उसले कस्ता स्वार्थ समूह बोक्छ त्यो देखियो । माओवादी अध्यक्ष तीन पटक प्रधानमन्त्री भए उनले हिजो युद्धकालमा आफैंलाई सुरक्षा दिएर शत्रुका अगाडि ढाल बनेका योद्धाको विश्वास गरेनन् । फाइदा प्रचण्ड परिवार, भाइभतिजा, ज्वाईहरूले लिए जननतालाई के दिए ? जनयुद्ध लडेर गणतन्त्र ल्याउन लडेका प्रचण्ड त यस्ता छन् भने ओली र शेरबहादुरसँग के आशा गर्ने ? जहाँ मोहन वैद्य, मोहन विक्रमको आशा छैन ।
चन्द्र ढकाल र मिनबहादुर
विशाल ग्रुप, संघाई समूह सरकारकै सम्पत्तिमा रजाई गर्दैछ । बाल मन्दिरको जग्गा कब्जा गर्ने विशाल समूहको अपराधले चिया विकास निगमको चिया बगान कब्जा गरेर सरकारलाई छœयाउने, युनाइटेड टेलिकमको नाममा ग्रामीण दूरसञ्चार सेवा दिलाएबापत राज्यश्रोत धुत्ने, सरकारलाई राजश्व नदिने सुभाष संघाई जस्ता कति छन् ? राष्ट्रवादी सरकारले त्यसको छानविन गर्नु पर्छ कि पर्दैन ? मिनबहादुर गुरुङ, चन्द्र ढकाल, पद्म ज्योतिहरूले स्वदेशको कमाई स्वदेशमा लगानी गरेका छन् । तर सरकारी सुविधा लिएर सरकारलाई राजश्व नदिने गरेनन् । सरकारले राष्ट्रिय पुँजीपतिहरूको संरक्षण गर्नुपर्छ । लोटा लिएर कपाड पसल चलाउन नेपाल आएर देशलाई ठग्ने चौधरी र अग्रवाल समुह जस्ताले राजनीतिक दलमा प्रवेश गरेर संसद बनेर आफ्नो स्वार्थमा ऐन कानुन बनाउन कहिलेसम्म पाउँछन् ? नेतृत्वले ख्याल गरेको छैन । हिजो संविधानसभा शिक्षा माफियाहरू गिता राना, स्व. बाबुराम पोखरेल, कांग्रेसका उमेश श्रेष्ठहरूले निजी क्षेत्रको शिक्षा व्यापारीकरण गराउन निकै चलखेल गरेकै हुन् । नेपालमा शिक्षा र स्वास्थ्य महंगो हुनुमा राजनीतिक दलको स्वार्थ जोडिएको छ । दलको आडमा दलका नेताले गरेका लगानीमा स्कुल, कलेज, अस्पताल चलेका छन् । तर उद्योग खोलेर देशमा रोजगारी बढाउने चन्द्र ढकाल र मीनबहादुर गुरुङहरू जस्तालाई राज्यले चिन्दैन, चिने पनि अनेक फतुर लाञ्छना लगाउँछ । किनकि उनीहरू राज्यलाई तिर्नुपर्ने राजश्व खुरुखुरु तिर्छन् नेतासँग यति प्रतिशतमा कुरा मिलाउ भनेर जाँदैनन् ।
विश्वास गुमाएको पुस्ता
एमालेका सुकुम्बासी नेता विष्णु पौडेल, बालुवाटारको ललिता निवासको जग्गा भूमाफिया गिरोहलाई सहज बनाउन ऐन नियम फेर्न बिचौलिया बनेर सित्तैमा ८ आना जग्गा उपहार लिने कानुनी कारबाहीमा नपर्ने । सर्वोच्चको काँग्रेसी न्यायाधीश कुमार रेग्मी ९ आना जग्गा लिएर कारबाहीमा नपर्ने । लालपूर्जा हेरेर आफ्नो कम्पनीको गोदाम बनाउन पैसा तिरेर नक्कली मोहीबाट जग्गा लिने मिनबहाुदर गुरुङ अपराधी भइदिनु पर्ने । यो स्वार्थ गणतन्त्र कहिलेसम्म टिक्ला ? नेपालको व्यवस्था नेता र राजाकै कारण फेरिएको हो । काँग्रेस, एमाले, माअोवादी, मधेशवादी समूहको अहिलेको पुस्ताबाट देशको हित हुँदैन भन्ने कुरा गणतन्त्र स्थापना भएर नयाँ संविधान जारी भएपछिको ९ वर्षले प्रमाणित गरेको छ । ओली, देउवा, प्रचण्ड, उपेन्द्र यादव, रवि लामिछानेहरूप्रतिको जनविश्वास अब छैन । किनकि सत्ताको राजकीय स्वार्थ लिन यी सफल भए । जनतालाई रुघा, खोकी, ज्वरो आउँदा सिटामोल दिएनन् । १८ हजारको मृत्यु, १३ हजार बेपत्ता, १७ हजार घाइते, अपाङ्गको रगतमा होली खेलेर स्थापित गणतन्त्रमा नयाँ राजाको अवतार तिनले लिए । जसले पद र कुर्सी प्रधान लक्ष्य बनाए । पार्टी नीति सिद्धान्त लत्याए पार्टी उद्देश्य परिवार, नाता, कुटुम्बसँगै पार्टीमा गुटको आधारमा सेवा सुविधा दिलाए । सुन तस्करी र रक्त चन्दन तस्करका संरक्षक सबै भए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल