Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय हितमै एमसीसी पास गरिन्छ : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताएका छन् । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय बृहत्तर अगुवा कार्यकर्ता भेला कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताए । उनले लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।
उनले विश्वमा कम्युनिस्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको दाबी गरे । दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ, उनले भने , यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ । नेपालको कम्युनिस्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भने, समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिस्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका माधव नेपालले कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताए । नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याएका थिए ।
नेकपा महासचिव विष्णु पौडलले कम्युनिस्टले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेतृत्वको थोरै सहयोग पुगे कर्णाली अगाडि बढ्ने बताए ।


सम्बन्धित समाचार