Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति छिमेकी मुलुक चीनले औपचारिक प्रतिक्रिया दिँदै बधाई ज्ञापन गरेको छ। विशेषगरी झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेपालमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका चीनले खुसी व्यक्त गरेको हो। काठमाडौँस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ, नेपालको प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बनेकामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चीन बधाई ज्ञापन गर्दछ। योसँगै चीनले नयाँ शक्तिसँग सम्बन्ध विस्तारको स्पष्ट संकेत दिएको छ। साथै चीनले नेपालसँगको आफ्नो परम्परागत मित्रतालाई कायम राख्दै व्यावहारिक सहयोगलाई थप गहिरो बनाउन तयार रहेको बताएको छ। चीन नेपालसँग मिलेर परम्परागत मित्रतालाई अगाडि बढाउन, व्यावहारिक सहयोगलाई सुदृढ गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तयार छ, सन्देशमा भनिएको छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल