Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पूरानो दलको लुटतन्त्र र गुटतन्त्रमाथि प्रहार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले साथ दिदा जमिन्दार शैलीका काँग्रेस र एमालेलाई मात्र होइन गणतन्त्रको नायक संघियताको रक्षक भन्ने माओवादीमाथि समेत प्रहार भएको छ । जनताका अगाडि उनका समस्याका कुरा गर्ने चुनाव जितेपछि जिल्ला फर्केर नजाने दलहरूकै कारण देशमा भ्रष्टाचार र वेथितिको जह्रो किलो हल्लाउने घोषणा गरेको रास्वपाले आफ्नो सँगठन नभएको तनहु १ मा काँग्रेसलाई सवक सिकायो ।
काँग्रेसका नेताहरू आफ्नै वडाबाट काँग्रेसलाई भन्दा डा. स्वर्णिम वाग्लेलाई धेरै मत पर्दा तीन छक्क खाए । माआवादीको राजनीतिक पकड राम्रो भएको वन्दीपुर र आवु खैरेनी गाउँ पालिकाबाट पनि सत्ता गठवन्धनको केही लागेन । नेताहरू केन्द्र र प्रदेशको शासक वनेर जनता गिज्याउने । सामन्तहरू झैं कार्यकर्तालाई दाश ठान्ने शैली प्रतिको यो विद्रोह आगामी निर्वाचनसम्म जारी रहनेछ । अहिले सदनमा काँग्रेस ठूलो दल हो । तर मत धेरै एमालेले ल्याएको दावी गर्नेहरू संसदमा भने दोस्रो नै हो । एमाले प्रदेशमा पनि दोस्रै हो । चुनावमा एमालेले पनि राप्रपा जस्तो प्रतिगामी, परिवार दलजस्तो कृश्चियन मिसनको ठेकेदार र मधेसको मसीया जनता समाजवादी पार्टीसँग गठवन्धन गरेकै हो ।
सरकारको ५ दलिय गठवन्धनलाई राजधानीमै रास्वपाले लडाएकै हो । चितवन १ र २ ललितपुर ३ काठमाण्डौं २, ६, ७ र ८ मा रास्वपाका उम्मेदवारलाई जनताले साथ दिएकै हुन् । उपचुनावमा तनँहु १ का जनताले काँग्रेका त्यागी गोविन्द भट्टराईलाई पत्याएनन् । त्यो क्षेत्रमा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले जित्ने सम्भावना थिएन । किनकी त्यहाँ एमाले माओवादी विभाजीत थिए । एमालेबाट नेकपा एस जन्माएकै छ । रामचन्द्र समेत ०७४ मा वामगठवन्धनले लतारेको थियो । मंसीरमा रामचन्द्र माओवादीकै मतले जितेका हुन् । काँग्रेसका वागी गोविन्द राज थिए । एमालेको हुकुमी शासन पनि अव धेरै टिक्दैन भन्ने देखियो । त्यहाँ सामुहिकता छैन । केपी ओलीले जे भन्छन त्यो एमालेको आधिकारीता मान्नुपर्छ । ओलीले जो छाने सांसदमा त्यही उम्मेदवार हुने वाध्यता छ । एमालेका नेताहरूलाई जनताको बहुदलीय जनवाद घोकन्ते विद्या जस्तै भएको छ । राजाको शासनमा संसद स्थापनाको मुद्धा ठूलो भयो । संझौताबाट आएको संघिय शासनमा राष्ट्रपति बनेका काँग्रेस र एमालेका नेताले राजाको ठाँउ लिएका हुन् । त्यसको व्यवस्था माओवादीले नै गरेको हो । माओवादीलाई घेर्ने र जनताका भविष्यमा खेलवाड गरेका एमाले र काँग्रेसलाई समेत जनताले पत्याउन छाडेका हुन् । केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल चोखो माओवादीका प्रचण्ड मात्र दोषी भन्ने छैन । १२ हजार राज्यले मारेकै हो दोहोरो भिडन्तमा ५ हजार माओवादीको कारण मरेका मान्छेको विरुद्धको उजुरी अदालतमा पठाएर रमाईलो गर्नेहरूलाई रास्वपाले छाडेन । यो चुनावको परिणामले काँग्रेस एमालेलाई पनि बलियो झडका लागेकै छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल