Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । राहदानी वितरण काम अनिश्चितकालका लागि बन्द भएको छ। सिस्टममा समस्या आएकोले राहदानी वितरण काम बन्द गरिएको राहदानी विभागले जनाएको छ। विभागले मंगलबार सूचना जारी गर्दै सिस्टममा समस्या आएकोले अर्को सूचना जारी नभएसम्मका लागि राहदानी वितरण काम रोकिएको जनाएको हो। समस्या समाधानका लागि निरन्तर काम भइरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने प्रवक्ता दुरपदा सापकोटाले बताएकी छन्। राहदानी वितरण बन्द भए पनि राहदानी आवेदनका लागि अप्वान्टमेन्ट डेट बुक गरेका सेवाग्रहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागले जनाएको छ। सरकारले भने राहदानी लिनका लागि विभागमा देखिएको भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ।