Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसको भ्याक्सिन २० भन्दा बढी देशमा माग

एजेन्सी । रुसको स्वास्थ मन्त्रालयले कोभिड–१९ भ्याक्सिनको उत्पादन सुरु गरिएको जनाएको छ । औपचारिक नाम ‘गाम–कोभिड–भाक’ भएपनि यस भ्याक्सिनलाई ‘स्पुटनिक पाँचौ’ उपनाम दिइएको छ । सोभियत युनियनले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाईट स्पुुटनिकको नामबाट यसको नामकरण गरिएको हो । मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन आफ्नो देशमा दर्ता भएको घोषणा गरेका थिए । उनले भ्याक्सिन पूर्ण सुरक्षित रहेको दाबी गरेका थिए ।
गामायिला नेशनल रिसर्च सेन्टरले विकास गरेको यस भ्याक्सिनले कोरोनाविरुद्ध जुध्नका लागि मानिसको प्रतिरोधी क्षमतालाई बलियो बनाउने रुसको दाबी छ । २० भन्दा धेरै देशले यस भ्याक्सिनको प्रयोगका लागि इच्छा प्रकट गरेको रुसको दाबी छ । जुलाईमा दोस्रो चरणको क्लिनिकल परीक्षण पास भएपछि रुसका स्वास्थ अधिकारीहरुले यसलाई गत मंगलबार दर्ता गरेका हुन् ।
रुसी अधिकारीहरुले तेस्रो चरणको क्लिनिकल परीक्षण अगावै भ्याक्सिन दर्ता गर्न सकिने निष्कर्ष निकालेपनि पश्चिमा देशहरुले रुसले हतार गरेको भन्दै यस निर्णयको आलोचना गरिरहेका छन् । उनीहरुले भ्याक्सिनबारे रुसले आवश्यक डाटा पनि सार्वजनिक नगरेको भन्दै यसको प्रभावकारिताबारे प्रश्न उठाएका छन् । यता, रुसी स्वास्थ मन्त्रालयले चासोहरुलाई सम्बोधन गर्नेगरी चाडै परीक्षण डाटा सार्वजनिक गरिने बताएका छन् । रुसले यस भ्याक्सिनलाई जनवरी २०२१ सम्म आम सर्वसाधारणको पहुँचमा पुु¥याउने अपेक्षा गरेको छ ।