Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लकडाउनका बेला विभिन्न बहानामा राजधानी छिर्ने र बाहिरिने क्रमसँगै राजधानीमा संक्रमित थपिनेक्रम बढेको छ । मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिए। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझिएको छ। ती युवा उक्त टोलका स्थानीय भने नभएको बताइएको छ। लकडाउनपछि वैशाख १५ १६ गतेतिर रौतहट गएका उनले २६ गते छोरी लिएर काठमाडौं फर्केका थिए । काठमाडौं आएपछि उनी आफैं टेकु गएर कोरोनाको परीक्षण गराएका थिए। परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि सोमबार नै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । ती युवामा कोरोना देखिएपछि उनकी श्रीमती र छोरीहरूसहित उक्त घरमा बस्ने ९ जनामा आरडिटी परीक्षण गरिएको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ। काठमाडौंमा थपिएका अर्का संक्रमित भने बागबजारको छापाखानामा काम गर्ने व्यक्ति भएको खुलेको छ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल