Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लक्ष्मीको ब्यस्तता बढ्दो

कला क्षेत्रमा निरन्तर लागिरहने सोच बनाएकी नायिका, गायिका लक्ष्मी योङहाङ लिम्बुले भाषिक चलचित्र, म्युजिक भिडियो लगायत सर्ट फिल्महरुमा अभिनय गर्दै आईरहेकी छन् । नायिका, गायिका लक्ष्मीको लिम्बु भाषाको चलचित्र के.साङ्ला, पक्ताङलुङ माङ लगायतमा अभिनय कला देख्न सकिन्छ । उनको कामको प्रसंशा गर्दै बिभिन्न संघ, संस्थाले उनलाई सम्मान र पुरस्कृत समेत गरेको छ ।

हालै राजधानीमा सम्पन्न लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ मा लिम्बु पालाम विधातर्फ नायिका (मोडल) लक्ष्मी योङहाङ सम्मानित भएकी छन् । उनले ‘मुकुम्लुङ यो यो’ पालामबाट अवार्ड पाएकी हुन् । जसमा बिष्णु कुमार इङ्गनामको शब्द, मिलन नेवारको स्वर रहेको छ । ‘मुकुमलुङ माङ’ कभर सङको भिडियो पनि सार्वजनिक हुने क्रममा रहेको छ जसमा लक्ष्मीको अभिनय रहेको छ ।

मुकुम्लुङ यो यो पालाममा तेज मेन्याङबोको शब्द रचना, मनु नेम्बाङ र दिलिप फुरुम्बोको स्वर रहेको छ । लिम्बु जागरण गित ‘तरेमे चासोक तङ्नाम ओ चुमिरो’ बोलको गीत लिम्बु समुदायमा निकै लोकप्रिय बनेको थियो । जसमा लक्ष्मीलाई निर्मल सुब्बाले स्वरमा साथ दिएका छन् । दर्जन म्युजिक भिडियामा मोडलिङ गरिसकेकी नायिका लक्ष्मी छोटै समयमा आफुलाई कला क्षेत्रमा स्थापित गराउँन सफल मध्येमा पर्दछिन् । प्रतिस्पर्धाको जमना छ रंगिन दुनियाँमा, हलका ग्ल्यामर्स हुनै पर्ने बिचार बोकेकी नायिका लक्ष्मी पछिल्लो समय चलचित्र र म्युजिक भिडियोमा ब्यस्त बन्दै छिन । उनि भन्छिन्ः ‘लकडाउनका कारण हात परेका केही म्युजिक भिडियो र चलचित्रको काम रोकियो थियो, अब भने वातावरण सहज हुँदै आइरहेकोले बिबिध कारणले रोकिन गएको कामहरु बिस्तारै अगाडी बढाउने जमर्को गर्दैछु ।’


सम्बन्धित समाचार

हनी ट्र्यापकी मास्टरमाइन्ड भइन् फरार

२०८१ कार्तिक ३

ताजा नेपाल

रविलाई भोलि अदालतमा उपस्थित गराइने

२०८१ कार्तिक ३

ताजा नेपाल