Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधसहित दुई जना पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय पप्पुकुमार मण्डल र जलेश्वर नगरपालिका ६ सानो धवौली बस्ने ३२ वर्षिय रोशनकुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पप्पुकुमार मण्डललाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा प्रोमेथाईजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ९८ वटा, बुप्रेनोर्फिन ईन्जेक्सन १ सय वटा, डाईजापाम ईन्जेक्सन १ सय वटा र नाईट्राजेपाम ट्याब्लेट ९ सय वटा फेला परेको तथा सो लागूऔषधसंग रोशनकुमार मण्डलको समेत संलग्नता रहेको खुल्न आएपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।


सम्बन्धित समाचार