Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित गोले पक्राउ

काठमाडौं । दक्षिणकाली नगरपालिका(१ चाल्नाखेलस्थित खहरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु करिब ४ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याबलेट ७ पिस र नगद १ लाख २२ हजार ९ सय ९० रुपैयाँ सहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका(४ गैडा बस्ने २७ वर्षीय नर बहादुर गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा कोभिड(१९ समन्वय डेस्कमा खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश ३(००२(१२ प ७४७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक गोलेलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार