Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित दुई युवा पक्राउ

सिरहा । सिरहा नगरपालिका(२ हनुमान चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट ९० पिस, स्पास्मोप्रोक्सिन ट्याबलेट ७२ पिस र १ सय एमएलको रेफलिन ६९ बोतल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिष्णुपुर गाउँपालिका(२ बस्ने २५ वर्षीय रबिन्द्र कुमार यादव र नराहा गाउँपालिका(५ बस्ने २४ वर्षीय रमेश कुमार यादव रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले स।८ प ५६८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार