Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-१५ बाट सोही ठाउँ बस्ने ३० वर्षीया अरजिना खातुनलाई लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्की, नाईट्रासन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।