Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुकाई छिपाई राखेको काठ बरामद

धनुषा । मिथिला नगरपालिका ३ मगर टोल एरियाको खेत, बारी तथा झाडीहरुमा अपरिचित व्यक्तिले लुकाई छिपाई राखिएको सालको गोलिया काठ २९ थान र सालको चौकस ६ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवर, सब-वन डिभिजन कार्यालय पुष्पलपुर र लालगढबाट खटिएको संयुक्त टोलीले उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद काठ सब-वन डिभिजन कार्यालय पुष्पलपुरमा बुझाउनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार