Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुटपाट मै बित्यो सरकारको एक वर्ष !

काठमाण्डौ । लोक गायक पशुपति शर्माको लुट्न संकेलुट कान्छा लुट्नसके लुट अरु देशमा पाइदैन नेपाल मै हो छुट भन्ने बोलको गित तत्कालीन कम्युनिष्ट सरकारको दबाबमा युटुबबाट हटाएर वैधानिक लुटको मेसो मिलाइयो । त्यो कम्युनिष्ट पार्टीको नाउमा जे जस्तो लुटतन्त्र देशमा चल्यो अहिले त्यही बोलको गितले दिएको सन्देश सत्तामा बस्नेहरुले दिएका छन् । देउवा सरकार गठन भएको वर्ष दिनको समिक्षामा भ्रष्टाचारको ग्राफ १९० डिग्री नाघेको छ । सरकारको एक वर्ष लुट्न मै बितेको छ ।

महंगी नियन्त्रणमा यो सरकारको चासो छैन । नेपाल प्रहरीलाई इटालीबाट हतियार किन्दा ४ सय गुणा बढी मूल्य कायम गरिदैछ । दलालहरु उनै छन् । जो हिजो नेकपाको सरकार बन्दा केपि अ‍ोलीको भान्सा र बादर्लीमा पुगेका हुन्थे । प्रहरीलाई हतियार चाहिन्छ । सेनाको जडौरी लिएर त्यसले संगठनलाई कृयाशील गराउन कठिन छ । तर मौका अनुसारको खर्चको फल रुचिकर हुन्छ भन्ने कुरा सत्ता चलाउनेहरुले नबुझिदिँदा यो ब्रम्हलुट चम्किएको हो ।

यो मौकामा सरकारले ठूलो खर्चको हतियार भन्दा जनजीविकाको सबाललाई ध्यान दिनु पथ्र्याे । सेनालाई एक अर्बको हेलिकप्टर ल्याइदैछ । १ अर्ब ३५ करोड एउटा अर्काे ८४ करोड गरी १ अर्ब ९९ करोड यो समयमा प्रहरीका लागि खर्च गर्नु सरकारका लागि देशको आवश्यकता के हो भन्ने हेक्का नहुनु हो । त्यसो त ८४ करोड प्रहरीले प्रयोग गर्ने जुत्ता, बुट, म्याटे«स, झुल जस्ता सामाग्रीमा हुन सक्छ । १ अर्ब ३५ करोड त दीपक भट्टको कम्पनीलाई मध्याम बनाएर हतियारमा गर्न लागेको खर्च हो ।

ओली सरकारकै बाटोमा लागेको देउवा सरकारले हस्तक्षेप गर्दा शसस्त्र प्रहरीमा भानु देउवाका ज्वाँइ दिपेन्द्र कुवरलाई एसएसपी बनाइयो । जबकी उनी त्यो पदमा पुग्न पास हुनु पर्ने तालिम समेत पास गर्न नसक्ने हाकिम हुन् । सरकारले बजेट घोषणा गर्नु अघि नै करको दर घटाउन मन्त्रालयमा दलाल प्रवेश गराएको काण्ड एकातिर छ । अर्काेतिर भारतमा सहर बसाउने नेपालमा बगर बनाउने योजना छ ।

सेनीटरी प्याडमा ९० प्रतिशत राजस्व छुट र पाम आयल, स्पन्ज आईरन जस्ता वस्तुको आयकर कम गराउने घोषणासँग इन्धनको पर निर्भरता घटाउने योजना ओझेलमा पार्दै भारतमा निर्भर इन्धन गाडीहरुको व्यापार बढाउने, विद्युतिय गाडीको व्यापारलाई अवरोध गराउने काम भयो । विकल पौडेल नामका एजेण्टलाई ओली सरकारले पत्याउदा गोकूल बास्कोटालाई ७० करोड अडियो काण्ड लाग्यो । अहिले त्यो विकल पौडेल सुरक्षणम मुद्रण केन्द्रको सिइओ भएर ४ अर्ब खर्च हुने अन्तशुल्क स्टीकर नेपाली नोट छाप्ने सेक्युरिटी प्रेस ल्याउने भनिदैछ ।