Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनी प्रदेश सरकारमा माओवादीको दाबी

काठमाडौं । शारीरिक रुपमा अस्वस्थ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुलीमा पुर्याएर पछार्ने मध्येका एक पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि उसैगरी पछारिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिएको समयसिमाभन्दा अगावै विपक्षी गठबन्धनले सरकार गठनको लागि दाबी प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ को नाम अघि सारेको छ । उनलाई मुख्यमन्त्री बनाउनको लागि विपक्षी गठबन्धनको तर्फबाट ४२ जना सांसदले हस्ताक्षर गरेको हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले जानकारी दिए ।