Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लोकतान्त्रीक गणतन्त्र धरापमा !

  • ईश्वरी वाग्ले

व्यवस्था जुनसुकै भए पनि सन्चालकहरु बदमास भए भने बदनाम व्वस्थाको होइन तिनीहरुकै हुन्छ । १४ गणतन्त्र दिवसको अवसरलाई पारेर दलका नेताहरुले रुन्चे स्वरमा विज्ञप्ती प्रकासित गदै आफ्नो असक्षमता प्रर्दशन गर्दा नेपाली जनताले यिनीहरुलाई थुक्न मात्रै बाकी छ भन्ने बुझेका छैनन् । सत्ताका निमीत्त राजनैतिक सिद्धान्त र आर्दशलाई त्यागेर पाटीको विधान विपरीत मनपरी गदै आउनेहरुले व्यक्तm गरेका भनाई संग उनीहरुको व्यवहार जोडीएकामा चासो भएन । कम्यिुनिष्ट पाटीको सिद्धान्त र लक्ष्य भनेको जनताको जिवनस्थर उठाउने हो । तर माओवादी र एमाले पाटी एकता पछी बनेको नेकपाको बहुमत प्रात्त सरकारले ३ वर्ष सम्म ल्याएको बजेटमा जनताको जिवन स्थत उकास्ने कुनै योजना थिएन र छैन । त्यही कारण ओली सकारलाई नेकपाको नाउँ भजाएर संघियता गणतन्त्र र समावेसीता माथि प्रहार गदै भारतिय विस्तार वादको दलाल बन्न अप्ठ्यारो भएन । नेपाली जनताले राजनिती अस्थिरता हटाउन स्थाई सरकार बहुमत प्राप्त अभिमत दिएर नेकपालाई पठाएको काम लगेन ।
सत्ता सन्चालक बादसाह बनेपछि पार्टी विधि र पद्धतीमा चल्दैेन । दलालहरु मार्फत प्रभुको आर्शिरवाद वितरण गर्ने प्रकृया सुरु गर्दा जनता र राष्ट्रलाई ख्याल गरिएन । अहिले गणतन्त्रको १४ वर्ष लुट र मस्ती गर भन्ने नारामा सिमीत गरियो ।सरकार ३ तहको भएपनि केन्द्रिय सासन विधिविधानमा नचल्दाँ व्यवस्थाको बदनाम भएको छ । प्रधानमन्त्री केपी ओली आफुले संविधानको धारा ७६ १,२,३, अनुसार सत्ता सन्चालन गर्दा संसदबाट धारा ७६ ४ बमोजिम लिनुपर्ने विश्वासको मत नलिएर ५ मा टेकेर संसद भंग गर्ने सर्वोच्चको फैसला को पुर्ण पाठ नआउदै आफ्ना खुशीले एक्लै कुद्न खोज्दाँ संघिय लोकतान्त्रीक गणतन्त्र धरापमा पार्ने काम गर्दा हिनतावोध भएन । कम्युनिष्टहरु सत्ताका निमीत्त कति दुष्ट र चरित्रहिन हुन्छन् ।भन्ने कुरा ओली सरकारको ३ वर्षे कार्यकालमा संसदिय गतिविधिमाथि गरीएको प्रहार र नै काफी छ ।
नेताहरुले बचाउन नसकेको संसदिय व्यवस्थाका विरुद्ध १० वर्ष हतियार उठाएर २४० वर्षको परम्पागत राजसंस्था फालिएपनि दलिय नेताहरु छोटे राजाका रुपमा देखा परे । जनताकी छोरी भनेर एमालेले जननेता मदन भण्डारी पत्नी विधा भण्डारीलाई राष्ट्रपति बनाएर मुलुकको प्रतिष्ठा बचाउन सकेन । उनको काम असंबैधानिक तवरबाट आएका प्रधानमन्त्री केपी ओली को सत्ता संग जोडीएका सिफारीसहरु सदर गर्ने बाहेर अरु भएन । संस्थागत रुपमा राष्ट्रपति बदनाम भएपछि संघिय लोकतान्त्रीक गणतन्त्रको इज्जत बच्छ कसरी? अहिले संवैधानिक मुल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लिदै सबै अंगलाई आफु मातहत केन्द्रित गरेर ओली सरकारले मच्चाएको राज्य आतंक संसद अदालत हुदै मानव स्वास्थ सेवामा खट्ने डाक्टर र नर्सहरु माथि कुदिरहेको छ । चौधौ गणतन्त्र दिवशको फल सत्तामा एकाधिकार संसदिय मर्यादामा प्रहार कानुनी सर्वोचता माथि अङ्कुश लगाउने बाहेक केही भएको छैन ।
गुन्डाराज चलाउन र नितीगत लुट मच्चाउन नेपाली जनताले कम्युनिष्टहरुलाई भोट दिएको थिएन । व्यवस्था दोषी होइन त्यसका कारिन्दाहरु दोषी हुन् । एउटा राजा फाल्न १० वर्ष हतियार उठाउन पर्यो भने दर्जनौ राजा फाल्न जनताले कति रगत बगाउन पर्ने हो । देशको ऋण कम्युनिष्ट पाटीको सासनको ३ वर्षमा ७ खर्व ७६ अर्व बढाएर संवृद्धिको गित गाउने नकचराहरुलाई प्रदेश सरकारहरु संघका इकाई हुन् भन्ने आट आएपछि त्यस्ताको नेतृव्वमा देशको विकास हुन्छ जनताले सुख पाउछ रोजगारी बढ्छ भ्रष्ट्रचार घट्छ राष्ट्रियता र जनजिवीकाको संरक्षण हुन्छ भन्ने विश्वास गर्ने कसरी जहाँ सम्मानित अदालतका आदेश हरु कार्यान्नयन हुदैनन् त्यहाँ कानुनी राज चलेको छ भन्ने विश्वास गर्ने ठाउँ छैन ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल