Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वनस्थलीमा भूमि स्मृति कप

काठमाडौं । तनहुँको यम्पा फाँटलाई वामपन्थीको थलो बनाउने भूमिनन्द लामिछानेको स्मृतिमा असोज ९ गतेदेखि बिहान ८ बजेबाट बल्छि धु्रर्वे फुटसल क्लब बनस्थलीमा भूमि स्मृति कप फुटसल प्रतियोगिता हुने भएको छ । नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठद्वारा उद्घाटन हुने सो फुटसल कार्यक्रमका संयोजक दीपक लामिछानेका अनुसार ३० टिमले खेलमा सहभागिता जनाउने भएका छन् । सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ४० हजार र द्वितिय स्थामन हासिल गर्नेलाई २५ हजार नगदसहित सम्मानपत्र दिइने आयोजकले बताएका छन् । कार्यक्रमबाट संकलित रकम भूमिनन्द लामिछानेले छोडेर गएका अधुरा सामाजिक कामहरुलाई पूरा गर्ने लक्ष्य राखिएको संयोजक दिपक लामिछानेले बताएका छन् । स्व. लामिछाने नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वमा रही पार्टी हितका कार्यक्रमहरुप्रति बफादार थिए । पार्टीसँगै सामाजिक काममा उनको क्रियाशीलताका कारण अहिलेको युवा पुस्ताले पनि उनलाई स्मरण गरेको हो ।


सम्बन्धित समाचार