Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वर्षमान उपचारका लागि बैंकक गए

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् । चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको पुनका सहयोगी दयानिधि भट्टले जानकारी दिएका छन् । पुनसँगै पत्नी ओनसरी घर्ती पनि बैंकक गएकी छिन् ।
उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो । पुनले २०७२ सालमा पनि बैंककमा उपचार गराएका थिए । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड(१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।