Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेवद्वारा अलपत्र बनेको स्वीकार

काठमाडौं । नेकपा विभाजनपछिका दुई शक्ति माओवादी र एमाले मिलाउने भन्दै पार्टी एकता अभियान चलाएका वामदेव गौतम यतिबेला अलपत्र भएका छन् । गौतम राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर प्रत्यक्षतर्फ प्युठानबाट चुनाव लड्ने दाउमा थिए । तर प्यूठान सत्ता गठबन्धनले राष्ट्रिय जनमोर्चाको भागमा पा¥यो । त्यो पनि आफैं मात्र क्रान्तिकारी मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नीलाई ०७४ मा पनि वाम गठबन्धनले जिताएको थियो ।
नेकपा विभाजन गर्न केपी ओलीको दम्ब र प्रचण्डको आक्रामक शैलीनै प्रमुख थियो । अ‍ोली शासनका २१ बुँदे पार्टी विरोधी हर्कतको भण्डाफोर गर्दै नेकपालाई सुधार्ने दाबी गरेका प्रचण्डलाई केपी ओलीबाट हेपिएका एमालेका संस्थापक नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसम्मले सघाएका थिए । वामपन्थी आन्दोलनको एक सदस्य वामदेव गौतम यस पटक छरिएका छन् । गौतमलाई केपी ओलीले नियोजित रूपमा ०७४ सालमा बर्दिया २ बाट चुनाव हराएका हुन् । गौतमले चुनाव जितेको खण्डमा आफू नेकपाको बहुमत सरकारको प्रधानमन्त्री बन्न नपाउने अवस्था केपी ओलीको थियो । त्यही कारण उनले तत्काल पार्टी अध्यक्ष भएको शक्ति प्रयोग गराएका थिए । ईश्वर पारखेल पार्टी महासचिव केपी अध्यक्ष भएको बेला चुनाव हराउनु नौलो थिएन । अहिले वाम एकताको खाँचो थियो । तर केपी ओलीको दम्ब र अहंकारले वाम गठबन्धन भएन । पार्टीको नाउमा दम्ब देखाउँदै गुटको स्वार्थमा लागेकै कारण पार्टी फुट्यो । कम्युनिष्टको नाममा काँग्रेसले आँट गर्न नसक्ने भ्रष्टाचार नै केपी गुटको मुल एजेन्डा बन्यो । अहिले नेकपा एमाले एक्लो छैन । एमालेसँग पञ्चायती कुडाकर्कटको साथ छ । रौतहट काण्डका नायक शु्द्ध पृथकतावादी उपेन्द्र यादव पनि छन् ।
अहिले वामदेव गौतम एक्लो भएका छन् । उनले राष्ट्रिय एकता भेला सम्पन्न गराए । पार्टी एकताका लागि माधव र प्रचण्डसँग गए । माधवले केपीले गरेका संसद विघटनको गल्ती स्वीकार्दै आत्मालोचना गर्नुपर्छ भनेकै कारण आफ्ना गल्ती स्वीकार्न नसक्ने ओलीसँग नेकपा समाजवादीले एकता गरेन । वामदेवका प्रयास पहिलो गाँसमै ढुंगा हुन पुग्यो । गौतमले प्रतिनिधिसभा विघटन र अध्यक्षको विरुद्धकै अविश्वास प्रस्तावको समर्थन नगर्दा म दुवैतिर लागिन त्यसैले दुवैमा म अटिन भनेका छन् । नेता मिल्न दुवै मिल्नुपर्छ भन्ने गौतमले माधवका कारण कार्यदलको प्रस्ताव स्वीकार गरेनन् । कार्यदलको प्रस्ताव मानेर केपीतिर गएका सबै हेपिए । केपीले आफूबाहेक अरुलाई अगाडि बढ्न दिएनन् । गौतम भन्छन्, केपीलाई पार्टीको सदस्य कसरी बनाउने भन्ने थाहा थिएन र अहिले पनि छैन । मलाई उद्देश्य मुलक ढंगले हराइयो । १० हजार मत माओवादीका ४ हजार एमालेका कार्यकर्ता लागे । ११ करोड खर्चेर काँग्रेसका सञ्जय गौतमले चुनाव जिते । मैले छानविन गराई देऊ भने, ओली समू्रहले छानविनको यथार्थ समेत हेरेन । ठूलो पार्टी चलाउन नसक्ने केपी र प्रचण्डको औकात देखियो ।
महाधिवेशनले दिएको म्यान्डेटलाई लत्याएर अध्यक्ष नै पार्टी सचिवालय नै पार्टी भन्ने व्यक्ति केपी ओली हुन् भन्ने त यस पटक एमालेको चालले देखाएकै छ, गौतम भन्छन् । माधव नेपाल त प्रचण्डको साथमा जानुभो । पार्टी विभाजन भयो भने आफू माधवतिर जाने कुरा केपीलाई मैले बताएको हो । केपीको गलत कार्यशैलीका कारण म उनीतर्फ लागिन । केपीलाई पहिलो बनाएको मैले हो उहाँले गुण देख्नु भएन । मेरो कुनै शर्त थिएन । नवौं महाधिवेशनमा मैले बोकेको हो । सिद्धान्तको सम्बन्धमा माधव पनि निरिह हुन् । नेता गौतमले ०५४ सालको प्रहरी आईजीपी काण्ड घटाउन केपी ओलीले दबाव दिएको कुरा टिभी कार्यक्रम यक्ष प्रश्नमा बताए । उनले आइजीपी खरेललाई १५ दिनभित्र हटाउनुपर्छ भनेर महासचिव माधवकुमार नेपालका अगाडि दबाव दिए । खरेललाई फोन गरेर हाम्रो पार्टीमा एउटा गुण्डा छ, त्यसले तपाईंमाथि अत्याचार गरे पनि हामी सघाउँछौं भनेर उचालेछन् । ओलीले गौतमलाई मुर्ख भन्दै अच्युतकृष्ण खरेललाई बताएछन् । गौतम भन्छन् त्यो बेला ओली स्थायी समिति सदस्य थिए । ओलीकै योजनामा सात महिनामै सरकार ढल्यो । गौतमले रमेश खरेलले गौतमको हत्या गर्नुपर्छ भन्दै चावहिलमा पर्चा छरेको बताए । यसपटक प्रचण्डबाट धोका भयो मैले विश्वास गर्न हुँदैनथ्यो । गौतम अझै भन्छन्, प्रतिनिधिसभामा जान पाएको खण्डमा कही न कही चुनाव लड्छु, प्रतिनिधिसभामा पुगे भने पार्टी एकता गराउँछु पनि भन्छन् तर कम्युनिष्ट पार्टी होइन । गौतम भन्छन् केपीको इतिहासमा उनले माफी माग्दैनन् । माधव नेपाल पनि एमालेमा फर्कदैनन् । उनको भनाइमा सत्ता गठबन्धनकै जित सुनिश्चित छ । एमाले केपी ओलीकै अहमताका कारण खुम्चन्छ ओलीको गठबन्धनमा घात अन्तरघात बढी हुने दाबी राजनीतिक क्षेत्रले गरेको छ ।