Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनाव मात्रै सबैथोक होइन भने लोतन्त्र र गणतन्त्रको संस्थागत गर्न मोहन वैद्यको नेकपा क्रान्तिकारी, मसालको मोहनविक्रम, मालेका सीपी मैनालीको समूहले जनताकाबीचमा के योजना लिएर जाँदा अस्तित्व बचाउलान् ? यी बुढाहरू उमेरले डाँडो काट्यो तर एकीकृत पार्टीको तयारी गर्दैनन् । मोहन वैद्यलाई बोकेर आठ महिना हिँडेपछि पार नलाग्दा पम्फा भुसाल, हितमान शाक्य, सुरेश आले मगर, रामबहादुर थापा पुरानै घरमा फर्किका थिए । तर अहिले उनीहरू माअोवादीको शक्तिमै छन् भने मोहन वैद्यले परि थापा, सीतारामा तामाङ, चन्द्रप्रकाश गजुरेललाई लिएर जनगणतन्त्रको जगलाई कसरी बलियो बनाउलान् ? गठबन्धनको पछि लागेर २ सीट प्रत्यक्ष ४ सिट प्रदेश पाएको राष्ट्रिय जनमोर्चा केन्द्रमा बुढा नेता चित्रबहादुर केसीको भरमा छ । राष्ट्रियसभामा श्रीमती दुर्गा पौडेललाई ल्याउन प्रचण्डसँग मोहनविक्रम सिंहले गुहार माग्दा पुरानो गठबन्धनले विश्वास दिलायो । नयाँले सिंहलाई बोक्छ भन्ने छैन । किनकि उनी गठबन्धन भत्केको पीडा प्रकट गर्दा माओवादी र एमालेको एकताको विरोध गरेका छन् । संघीयता देशको लागि घाँडो भयो । प्रदेशले जनताको काम गरेन । भत्ता खाने बजेट सक्ने बाहेक प्रदेशमा उपलब्धी छैन । यो जान्दा जान्दै केन्द्रले कानुन अनुसार प्रदेशलाई झुलाउँदा मोहनविक्रम सिंहको विरोधले ठाउँ पायो । सरकार छुट्टै भए पनि प्राकृतिक स्रोतको संरक्षण आजको आवश्यकता हो । छर संघीयता भन्ने ठाउँ नदिने संघीय सरकारको चाल जस्तो छ, साना पार्टीहरूको उस्तै छ । संघीयताको पक्षधर मोहन वैद्य, विरोधी मोहन विक्रम र सीपीका बीचमा पनि संवाद भएको सुनिँदैन । हुलको कुरामा भर पर्ने अध्ययन, विश्लेषण, अनुसन्धानका कुरामा रुचि नराख्ने जमात बढेको छ । विचार र दृष्टिकोण माओवादी र एमालेका राम्रै छन् । समृद्धि र विकासको कुरा यी गर्छन् । तर नेताहरू कुर्सीमा नपुग्दासम्म व्यवहारिक र सरल कुर्सी पाएपछि सात पुस्तासम्म पुग्ने गरी कमाउने बाटो खोज्छन् । पैसा सबैलाई चाहियो । हिजो धम्कीको भरमा चन्दा थुप्रिन्थ्यो । मोहन वैद्यले धम्काएर नै प्रचण्डसँग कुत असुल्थे । आज त्यै छैन । अधुरो जनयुद्ध सफल बनाउन ठगी खान पल्केका कार्यकर्ता बोटलेर नेत्रविक्रम चन्दले सैनिक तालिम शुरु गरेकै हुन् । अराजकता प्रदर्शन हुँदा वाम गठबन्धनकै नेकपाको सरकारमा क्रान्तिकारी रामबहादुर थापा गृहमन्त्री हुँदा पार्टी प्रतिबन्ध लागेकै थियो । राजतन्त्र छैन हिजोका क्रान्तिकारीहरू नयाँ राजा भएका बेला चन्दलाई ठाउँको ठाउँ गलाइएकै हो । उसैले वम विछ्याएर मान्छे मार्छ एनसेलसँग सल्लाह गरेर टावर भत्काउँछ भने उसको विधंशकारी योजना विरुद्ध सरकारले प्रतिबन्ध लगाउने मुद्दा चलाउने ग र्दा कुनै अपराध थिएन । अति भएपछि खति हुन्छ । चन्द उपाय नलागेर सुमाजवादी मोर्चामा आएका हुन् । अस्तित्व उनले ब चाउन खोजेका छन् । तर मोहन वैद्य, मोहनविक्रा र सीपी मैनालीले लेटरप्याडमा थन्कने भए । राज्य सत्ता कठोर हुन्छ । सुरक्षा निकायले अपराधीको पहिचान गरेपछि कारबाही गर्ने कानुन कडा नै हुन्छ । माओवादी सरकारमा छ भन्दैमा अपराधको संरषण गरिँदैन । माओवादीकै नाममा भएका अपराधमा कोही जेल पर्ने कोही मुक्ति पाउने हुँदैन । ६४ प्रतिशत कम्युनिष्ट भएको देशमा काँग्रेस भहलको राजा बनेर कम्युनिष्टलाई पेलेकै हो । तर अब पालो काँग्रेसको हो । पेल्ने र पेलिनेहरू नक्कली भुटानी शरणार्थीका नाममा हजम गरेर कोही भागेका छन् । कोही केपी ओलीको संरक्षणमा छन् । ओलीले आफ्ना जोगाउने अरुलाई खुइल्याउने गरेकै हुन् । ओलीका विश्वासप्राप्तले देश जसले चलाए पनि छुट पाउँछन् । यो कुराको ख्याल गर्ने भनेको प्रचण्डले हो । प्रधानमन्त्री प्रचण्ड डाइनामिक छन् ठाउँ अनुसारको योजना उनले बनाउने गर्छन् । मोतो प्रचण्ड ओलीको मिल्छ मात्र समस्या सबैलाई समेट्नका लागि चाल्नु पर्ने कदम हो । छरिएका वामपन्थी यसरी छरिएर रहने हो भने देशले कुनै प्रगति गर्दैन । यथास्थितिमा चल्ने हो भने राजतन्त्रकै चहलपहल छँदै थियो । काँग्रेस, एमालेलाई पुगेकै थियो । यिनले माओवादी जनयुद्धलाई आतंककारी भनेकै थिए । टाउकोको मूल्य तोकेकै हुन् । वामपन्थी र काँग्रेसको संयुक्त आन्दोलन समय र आवश्यकताअनुसार भएकै हो । बहुदल आएपछि काँग्रेस र एमालेलाई त्यति दमन गर्न सकेन । माओवादीलाई ज्युदै जनाएको पनि हो । त्यसको साक्षी झक्कु सुवेदी छन् । रोल्पामा उनको थातथलो हो । काँग्रसका लागि रौतहट काण्ड साधारण हुन्छ । त्यसैले शेरबहादुर देउवा बेला बखत बहकिन्छन र भन्छन् १३ जनालाई इँटा भट्टामा खरानी बनाउने माथि जेल पर्दा अन्याय भयो । काँग्रेसको दाउ गृहमा गएर सबै अपराधी छोड्ने थियो । तर समयले त्यो थिएन । मौका बारम्बार आउँदैन । वापमन्थीले फरक भन्सा लगाएर अब कतै विजय हुँदैनन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल