Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचौलीया र भ्रष्टले प्रधानमन्त्री घेरीए

काठमाण्डौ प्रधानमन्त्री केपी ओलीलाई सफल बनाउन उनका सहयोगी र सल्लाहकारहरुले नियम संगत कार्ययोजना बनाए भने मात्र काम पुग्छ ।तर यस पटक उनलाई देवत्वकरण गरेर आफु फाइदा लिने विचौलीया र माफियाको रुपमा सल्लाहकारहरु देखिए । कम्युनिष्ट पाटीको बदनाम गरेर आफु फाइदा लिनेहरु पाटी नेताहरु नै भए । राजनितीक नियुक्ति मा क्षमता र योग्यता भन्दा चाकडी र चाप्पुसीलाई महत्व दिदाँ प्रधानमन्त्री ओली विवादित भएका हुन । परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले चिन संग पैसा लिएर नेपालमा भारतिय चलखेलको अन्वेषण गर्ने काम लिनु पनि नैतिक रुपमा गलत थियो । उनी इन्टिच्युट फर पोलिसी इस्टडिका सन्चालक थिए । जबकी उनी आफै नेपाल भारत प्रभुत्व समुहको सदस्य थिए ।

सरकारले गरेका राजनितीक नियुक्तिमा विवाद हुनुको कारण विज्ञ छान्नु भन्दा गुटीय आधारलाई महत्व दिनु हो । यो सरकार बनेपछि भएका नियुतmीहरुमा प्रधानमनत्रीले पाटीमा छलफल गरेनन् । उनले आफ्ना विश्वास पात्र हरुको सिफासिरको आधारमा गरेका नियुतmीहरुलाई पाटीको सचिवालयमा समेत प्रस्तुत गरेनन् । राम्रो काम गर्दागदै सरकारको आलोचना हुनुको मुख्यकारण ओली नेतृव्वले चर्काएको गुटबन्दीनै हो । त्यही कारण बेला बखत बरिष्ट नेताहरुले प्रधानमन्त्रीको आलोचना मात्र होइन २ पद मध्ये एउटा पद त्याग भन्न समेत बाकी राखेनन् । उनलाई इश्वर पेखरेल विष्णु रिमाल डा.युवराज खतीवडा जस्ता जनाआधार गुमाउदै गएका विश्वास पात्रहरुले डुबाएको कुरा अझ पनि विश्वास छैन । नितीगत भ्रष्टचारमा सघाउने र कुल बजेटको ५ दोब्बर सम्म रकम बढाएर कुम्लाउने आधार तयार पार्ने यिनीहरुनै यिए । बोलीमा विकास र सम्वृद्धी व्यवहारमा विचौली र दलालको विगविगी बढेपनि बदनाम कस्को हुन्छ ?

आइटी ल्याबको नाउँमा लुट !
दुरसन्चार प्राधिकरणले काभ्रे जिल्लामा सात वटा आइटी ल्याब बनाउने ठेक्का विवादस्पत कम्पनि ओम्नी गुपलाई दिएको छ । सो ठेक्का दिदाँ सार्वजनिक खरीद ऐन आर्थिक नियमावलीको समेत ख्याल गरिएन । रु १ अर्व ५० करोडको कामलाई नितीगत भ्रष्ट्रचार गर्न पहिलो पटक २ अर्व ८३ करोड बनाइयो । सो रकममा पुन फेरबदल गरी ३ अर्व ५० करोड बनाएर २ अर्व भ्रष्टाचार गर्ने मेलोमेसो मिलाउने को थिए ? प्रधानमन्त्री ज्युलाई थाहा छ । प्रमका विश्वासी तत्कालिन गोकुल बास्कोटालाई आफ्नो गृह जिल्लामा आइटी ल्याब स्थापना गर्न मन लाग्न सक्छ तर उनी काभ्रेका मात्र मन्त्री थिएनन् । उनले मुलुक हेर्नु पर्थो ? दुर सन्चार प्राधिकरणमा ओम्नी समुह जस्तो अनुभव हिन कम्पनीलाई प्रवेश गराउनु नै १ अर्व ५० करोड को कामलाई ३ अर्व ५० करोड बनाएर २ अर्व घोटला गर्नु हो ।

यो नितीगत लुटमा छानविन कसले गर्ने माहालेखा नियन्त्रण कार्यालय ,अख्तियार वा संसदको सार्वजनिक लेखा समीती वा आर्थिक ऐन ? तेसोत प्राधिकरणमा प्रमुख प्रसासक बनाइएका पुरुशोतम खनाल आफै प्राविधिक होइनन् । उनी प्राधिकरणका वरिष्ट प्रशासक थिए उनलाई तत्कालिन सन्चार मन्त्रीको कृपामा प्राविधिक पद मिलीको हो ।

राज्यको स्रोत परिचालन गर्दा आर्थिक ऐन र नयमावली लाई सबैले ध्यान दिनु पर्दछ ? ग्लोबल टेन्डर नभएको सार्वजनिक खरीद ऐनको ख्याल नगरीएको केवल विचौलीया र दललाहरुका काम भएका यस्ता ठेक्का पट्टाको सर्वत्र विरोध भएपनि नेकपा नेत्तृव्व र सरकारको नेतृव्वले ध्यान नदिदाँ नितीगत भ्रष्ट्रचारलाई बढवा दिएको हो । ओम्नी समुह संग जोडीएका रक्षा मन्त्री इश्वर पोखरेल सल्लाहकार विष्णु रिमाल जस्ता नेताहरुले पाटीको बदनाम गरी रहेका छन् । नेकपाको सचिवालयमा यस्ता विषयले स्थान पाएको कहिलै सुनिदैन ।

यसको कारण भनेकै वर्तमान सरकार मुखले सम्वृद्धि र विकास भन्छ व्यवहारमा राष्ट्रिय लुट मच्चाउछ भन्ने हो । किनकी आइटी ल्याबको ठेक्का दिदाँ आफ्नो पदको संरक्षण गर्ने प्राधिकरणका प्रमुख पुरुशोतम खनाललाई के दोश त्यहाँत सन्चार मन्त्री नै हावी थिए । रक्षामन्त्रीको समेत चासो थियो । प्रमका यि विश्वासी पात्रहरुका कारण यो विवाद समाधान हुने अवस्था भने छैन ।