Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विजयलाई छाडेर अघि बढिन् रेनु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।आज बिहानसम्म ८८ हजार २८४ मत गनिसक्दा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताल कायमै राखेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत प्राप्त गरेका छन् । उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ मत प्राप्त गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत प्राप्त गरेकी छन् ।