Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।
चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले चिन्दिनँ भनेपछि आवेशमा आरोपीले चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चन्द्रबहादुरले बयानमा भनेका छन्, सरुसँग पहिलादेखि नै चिनजान थियो, मैले विदेशबाट रकम पनि पठाइरहेको थिएँ ।
युवतीले बेवास्ता गरेपछि उनीहरूको बिचमा विवाद भयो । थानकोट बजारमा सरुको बहिनीको तरकारी पसल छ । पसलमा उनलाई भेटेर आरोपीले चक्कु प्रहार गरे ।
घाइते सरुलाई सुरुमा सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा लगिएको थियो । मेड प्वाइन्टले रिफर गरेपछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
२०८१ माघ २
ताजा नेपाल
२०८१ माघ २
ताजा नेपाल
२०८१ माघ २
ताजा नेपाल