Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यालाई किन सर्वसम्मत बनाउन सकिएन ?

काठमाडौं । आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभाको एक मात्र सीट कास्की क्षेत्र नम्बर २ मा धेरैको चासो बढेको छ । गत वर्ष फागुनमा हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपाका तर्फवाट रवीन्द्रपत्नी समेत रहेकी नेतृ विद्या भट्टराई प्रमुख दाबेदार हुन । नेकपा कास्की जिल्ला कमिटीले कात्तिक ८ मा विद्या भट्टराईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गर्‍यो । त्यसको भोलिपल्ट कात्तिक ९ गते बसेको नेकपा प्रदेश कमिटीको बैठकले विद्यासँगै सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम समेत सिफारिस गरेको छ ।

विद्यासँगै अन्य दुई जनाको नाम सिफारिस भएपछि नेकपाभित्र उम्मेदवार छान्ने विषयले तरंग सिर्जना गरेको छ । अहिलेसम्म साझा पार्टीले उम्मेदवार छानेर प्रचार–प्रसार शुरू गरिसकेको छ भने कांग्रेसले उम्मेदवार छान्न सकेको छैन । कांग्रेस जिल्ला समितिले १६ जनाको नाम केन्द्रमा पठाएको छ । कांग्रेसका जिल्ला नेताहरूका अनुसार २०७४ सालमा रवीन्द्रसँग चुनाव लडेका देवराज चालिसे नै उम्मेदवार बन्ने सम्भावना प्रबल छ । यसका अतिरिक्त सोभियत अधिकारीको पनि चर्चा छ । शुरूमा केन्द्रीय सदस्य धनराज गुरुङ समेत यो क्षेत्रबाट चुनाव लड्ने चर्चा चलेको थियो ।

रवीन्द्र अधिकारीको निधनसँगै कास्की २ मा विद्याको चर्चा शुरू भएको थियो । शुरू–शुरूमा अन्य नेताको समेत चर्चा चलेपनि कास्कीमा विद्याको विकल्प नभएको निष्कर्षमा नेकपामा शीर्र्षनेताहरू पुगिसकेका छन् । कात्तिक ८ गते बसेको नेकपा जिल्ला कमिटीको बैठकमा बोलेका ३८ जना मध्ये २८ जनाले विद्याको नाम प्रस्ताव गरेपछि जिल्ला कमिटिले उनको नाम सर्वसम्मत रूपमा चयन गरेको थियो । जिल्ला कमिटीमा रहेका १ सय ५५ जनामध्ये अधिकांश सदस्य मौन बसेका थिए ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल