Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एमालेको एकता कायम रहने नरहने आजको दिनले निर्णय गर्नेछ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको बताइन्छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् । यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ । राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ । तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको सार्वजनिक भइरहेको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल