Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रले गरेको पार्टी एकताको प्रस्तावलाई स्वागत गरेको छ। हालै बसेको नेकपाको स्थायी कमिटी बैठकले एकताको प्रस्तावलाई स्वागत गर्दै क्रान्तिकारी नीति र नेतृत्व हुनुपर्ने शर्त अघि सारेको हो। यसबारे थप छलफल पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा हुनेछ। अहिले केन्द्रीय कार्यालय कपिलवस्तुमा पोलिटब्युरो बैठक जारी छ। स्थायी कमिटीको बैठकले आगामी भदौ २२ गतेदेखि बस्न लागेको केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको नेकपा स्थायी समिति सदस्य अनिल शर्माले बताए। केन्द्रीय समितिपछि भदौ ३० गतेदेखि केन्द्रीय प्रतिनिधि समितिको बैठक पनि बस्दैछ। हालै बसेको माओवादी केन्द्रको बैठकले नेकपासँग पार्टी एकता गर्ने र प्रक्रिया अघि बढाउनको लागि कार्यदल बनाएर छलफल थाल्ने निर्णय गरेको थियो। यो निर्णयको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव निवासमै पुगेर जानकारी गराएका थिए। यसअघि पनि माओवादी र नेकपाबीच एकता गर्ने चर्चा भइरहेपनि ठोस रूप लिन सकेको छैन। पछिल्लो समय माओवादीले नेकपासहित समाजवादी मोर्चामा आबद्ध रहेको नेकपा एकीकृत समाजवादी र महेन्द्रराय यादव नेतृत्वको नेसपासँग पनि एकता प्रक्रिया अघि बढाइरहेको छ।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल