Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विभाजित भएपछि दुवैतिर रुवाबासी

काठमाण्डौ । पार्टी विधि र प्रकृयामा चलाउनु पर्छ भन्ने र गुटबन्दिको भरमा चलाउँदै आएका एमाले नेताहरूबीचको लडाई अब घातप्रतिघात रुवावासी र रोदनमा परिणत हुँदैछ । प्रधानमन्त्री केपीओलीले अध्यक्ष र प्रधानमन्त्रीको नाताले काम गर्न नसक्दा जनताले दिएको दुइतिहाई जनमत माथि प्रहार गरे पार्टी विभाजन गर्नु त ओलीका लागि सामान्य कुरा भयो । एकता प्रकृयामा लागेको बताउने बामदेव गौतम बेपत्ता छन् । उनले आफ्नी श्रीमतीलाई सांसद पद जोगाउन ओली समुहमा पठाएको संसारले देखेको छ । तर उनले भन्दैछन् म कतै लाग्दिन ।
कुनै पनि पार्टी विधि र प्रकृयामा चल्ले हो भने यस्तो भद्रगोल हुँदैन । तर नेपालका नेपाली काँग्रेस जस्तो व्यक्तिमुखि पार्टी पनि एमालेका खड्ग ओलीले चलाएजस्तो भद्रगोल थिएन । गुटभन्दा बाहिर ओली गएनन् पार्टी वाहिर थियो । ओलीले शासन चलाएको ३ वर्ष ४ महिनाको यो अवधिमा निष्पक्ष र कानुनको सिमा कतै बाँकी भएन । उनको जयजयकार गरेर कमाउनेहरूले कमाए लुट यो सरकारको किर्तीमानी कदम बन्यो । देशले कम्युनिष्टहरूबाट खोजेको यो थिएन । सर्वहार वर्गको गित गाएर पुँजीपति हितमा काम गर्ने बहादुरहरू ओलीका पनि थिए । तिनैलाई अमेरिकाको राजदुत बनाइयो जसले कम्युनिष्ट पार्टीको अर्थ नीतिलाई लत्यायो त्यही व्यक्ति प्रम केपी ओलीको विश्वासपात्र बन्दा त्यसले नत चुनाव घोषण पत्रलाई चासो दियो । नत पार्टीका नीति र शिद्धान्तको ख्याल गर्यो । एमाले विभाजन हुनुमा ओली नै जिम्मेवार छन् । किनकी उनी पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हुन् । माधव पक्षले उठाएको विषय उनीहरूको विधानसंवत छ भने अहिले अदालतमा गएको विषय संविधान संवत् छ । पार्टी टुक्रिँदा को कता जान्छ प्रमुख विषय होइन । त्यहाँ उसका एजेण्डाहरू प्रधान विषय बन्दछन् भने पदिय भागबन्डा गौण हुन जान्छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउने र जनताको पक्षमा लैजाने कार्यलाई व्यवस्था परिवर्तनका निम्ति ११ वर्षसम्म बन्दुक उठाएको माओवादीले त सकेन भने काँग्रेसको निर्णय सुनेर आफ्नो निर्णय गर्ने पार्टीको पहिचान भन्दा अरुको इसारामा हिड्ने भ्रष्टाचार विचौलिया कमिशन वादलाई संरक्षण गर्ने जनताको बहुदलिय जनवादको नाउँमा देशमा नीतिगत लुट मचाउँदै आएको ओली समूहबाट आन्दोलन बच्ने अपेक्षा गर्नु नै मुर्खता थियो । त्यो मुर्खको भिडमा बामदेव गौतम, ईश्वर पोखरेल, पृथ्वी सुब्बा, शेरधन राई, गोकुल बाँस्कोटा, महेश बस्नेतहरू थिए । यहाँ माधवको पछि लागेर सचिव बनेका योगेश भट्टराईको के अर्थ । भट्टराई अहिलेमात्र यसरी चिप्लिएका होइनन् । उनी चिप्लनुमा प्रदेशको राजनीतिले काम गर्न सक्छ । माधव नेपाल आखिर ओलीसँग भिडेका हुन् भने यिनले आफ्नो शक्तिलाई नीतिगत लुटेरा र राष्ट्रघाती बन्नबाट बचाउनु पर्दछ । बाटो विराएपछि रुनुको अर्थ छैन एमाले कम्युनिष्ट सिद्धान्त र आचरणमा चलेको पार्टी थिएन । यसले गरिब र निमुखाको हितमा भन्दा दलाल र विचौलीयाको काम गरेको अवस्थामा उस्तै उस्तै चरित्रहरू विभाजित हुदाँ रुवावासी चल्नु भनेको केवल शक्ति र कुर्चीको तिर्सना लाग्नु मात्र हो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल