Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवाद समाधान गर्ने कार्यदल सचिवालयबाट अनुमोदन

काठमाडौं । पार्टीभित्रको विवाद भूसको आगोझैं भित्रभित्रै सल्किएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयले बनाएको कार्यदललाई नेकपाको सचिवालयले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।
त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।