Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विष्णु पौडेलले सल्टाए बालुवाटारको जग्गा

काठमाडौं । भूमाफियाले यहाँ टुडिखेल र सिंहदरबार पनि बेच्न बेर लगाउँदैनन् भन्ने कुरा बालुवाटार जग्गा प्रकरणले प्रष्ट पारेको छ । बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका एमाले उपमहासचिव विष्णु पौडेलले ८ आना जग्गा फिर्ता गरेर ६ आना जग्गा सल्टाएको पत्तो लागेको छ । सरकारी जग्गा लिएको आरोप लागेपछि छोरा नवीनको नामको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर चोखिएका पौडेलले ३–३ आनाका दुई कित्ता भने सुटुक्क कारोबार गरेको खुलेको हो । बताएअनुसार नवीन पौडेलको नाममा रहेको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर मुध्दा मामिलाबाट जोगिएको पौडेल परिवारले ललिता निवासभित्रकै अर्को दुई कित्ता जग्गा भने गोरखाकी नुतन श्रेष्ठलाई बेचेको हो । पौडेलकी श्रीमतीको नाममा रहेको ३ आना र छोरा नवीन पौडेलको नाममा रहेको ३ आना जग्गा श्रेष्ठले किनेकी हुन् । गोरखा माइती भएकी नुतन अहिले देश बाहिर छिन् । उनकी बैनी इन्दु सिंहले पौडेल परिवारको नाममा रहेको ६ आना जग्गा किन्दा दिदी फसेको गुनासो गरिन् । उक्त जग्गामा अहिले अढाई तले घरसमेत बनिसकेको छ । करोडौँ हालेर किनेको जग्गा विवादित भएपछि नुतन तनावमा छिन् ।