Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरेन्द्र शाहको बंश नाशिएको कालो दिन, कसले खोज्ने हत्यारा ?

काठमाडौं । आज जेठ १९, २०५८ साल जेठ १९ को कालरात्रिले २० वर्ष पुरा हुँदा पनि त्यसको वास्तविक तथ्य पत्ता लाग्न सकेको छैन । तर यसअघि भएका मदन भण्डारी हत्याकाण्ड जस्ता अनेकांैं घटना अझै इतिहासको गर्भमै छ । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमय नै छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो। यहाँ सत्तामा पुगेको एमालेले आफ्ना तत्कालिन महासचिवको हत्यारा खोज्न चासो नदिएको बेला राजसंस्था विस्थापित भएका बेला कसले राजा वीरेन्द्रको हत्यकाण्डको निष्पक्ष छानविनगरी उनको परिवारलाई न्याय दिने ?


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल