Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वृद्धाश्रम बन्दै एमाले, हटायो ७० वर्षे उमेरहद

काठमाडौँ । राजनीतिमा युवा आकर्षण बढिरहँदा र पुरानो नेतृत्वप्रति जनातामा वितृष्णा बढिरहँदा एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालय बैठकले कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने विधानको व्यवस्था निलम्बन गरेको हो । यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावना अवरोध गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारको सचिवालय बैठकमा विधान महाधिवेशबाट उमेर हदसम्बन्धी व्यवस्था हटाउने गरी हाललाई निलम्वन गर्न प्रस्ताव राखेका थिए । एमालेका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउनु पर्ने भन्दै उक्त प्रस्ताव गरेका थिए । अर्कोबाट आउनुभएको नेतालाई केन्द्रिय सदस्य बनाउन मिलेन, हाललाई यो विधानको व्यवस्थालाई निलम्बन गरौं, ओलीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने । न्यौपाने ७२ वर्षका छन् । ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले पहिलेदेखि नै उमेर हदसम्बन्धी व्यवस्था रुचाएका थिएनन् । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कार्यकारीका लागि उमेर हद राख्ने कि हटाउने भन्ने विषयमा विधान महाधिवेशनले निर्णय गर्ने बताए । सचिवालय बैठकले निलम्बन गरेको विधानको धारामा भनिएको छ, सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ तर ७० बर्ष पुरा नहुादै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन–अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिने छैन । शुक्रबारको सचिवालय बैठकले संगठनको जिम्मेवारी व्यापक हेरफेर गर्नुका साथै न्यौपानेसहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अन्य विषयमा जानकारी गराए पनि विधानको व्यवस्था निलम्बन गरिएको बारे केही उल्लेख गरेका थिएनन् । एमालेका नेताहरुले यस विषयमा सार्वजनिक टिप्पणी गर्न चाहेनन् । एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो । बुटबल महाधिवेशबनाट मोदनाथ प्रश्रितले उमेर ढल्किादै गएपछि कार्यकारी पदमा बस्न नहुने भन्दै अवकास लिएका थिए । त्यसैगरी भरतमोहन अधिकारी र सिद्धिलाल सिंह काठमाडौंमा भएको नवाौ महाधिवेशनबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग्गिएका थिए । दशौं महाधिवेशनमा सत्यनारायण मण्डलहरु ७० वर्ष प्रावधानको कारण पार्टीबाट बाहिरिएका थिए । २०७८ साल असोजमा ललिलतपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष पुग्नु अघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागू हुने गरी व्याख्या गरेको थियो । अध्यक्ष ओलीलाई सहज हुने गरि सो व्यवस्था गरिएको थियो । त्यसै वर्षको मंसिरमा चितवनको सौराहा भएको एमाले दशौं महाधिवेशनले ओलीलाई अध्यक्षमा दोस्रो पटक निर्वाचित गरेको थियो । ओली ७२ वर्षका भए ।