Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राजतन्त्र हटना साथ तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नै छोरी प्रेरणा राज्यलक्ष्मीलाई ताहाचलको घर दाइजो दिए । १५ रोपनी जग्गा समेतको त्यो सम्पत्ति प्रेरणाकै हुनुपर्छ भन्दै चोलेन्द्र शम्सेरले फैसला गरे । त्यो फैसला सर्वोच्चले नै उल्ट्यायो । फैसला उल्टीएको समाचार त्यहाँ आएन । अहिले ट्रष्टको पत्र नबुझने प्रेरणा संघियता र गणतन्त्रका विरोधीहरूको शरणमा पुगेकी छन् । उनले ट्रष्टलाई नर्टेनुको कारण तीनै नेता हुन जो अस्थिरता चाहन्छन् । सरकारको सम्पत्ति माफियाले हजम गर्दा सघाउने राजनीतिक दल र नेताको विरोध गर्दा कसैले सुन्दैन । किनकी नीति निर्माण तहमा तीनै छन् । महालेखाले औल्याएको गल्तिको कसैले लेखाजोखा गर्दैनन् । नेकपाको सरकार भएका वेला ०७४ मंसीर १४ गतेमा ट्रष्टको अध्यक्ष आफै भएर ईश्वर पोखरेलले दरवार मार्गको १ रोपनी १४ आनाको भाडा वार्षिक ४ करोड ५० लाख तिर्ने गरी थामसेर्कूलाई भाडा लगाए । त्यही बेला ताहाचलको ४ रोपनी ४ आना जग्गामा व्यवसायीक भवन बनाउने गरी (६ तलाको संझौता गरी ११ तलाको बनाउन दिने) दिईएको भाडामा पनि मनपरी भयो निर्माण अवधिसम्म भनेर थामसेर्कूलाई फाईदा पुग्ने काम भएको निर्णय कार्यन्वयन भएन भवन वन्ने शुरसार छैन । ईश्वरको जनताको वहुदलीय जनवादको कमाई राम्रै भयो । जवकी ट्रष्टको अध्यक्ष पर्यटन मन्त्री वा गृहमन्त्री हुनुपथ्र्यो ।
५ वर्ष समय बाँकी रहदा सरगमाथा राष्ट्रिय निकुन्जको जग्गा ३० वर्षका लागि दिलाईयो । ताहाचलको जग्गामा ०७७ सम्मलाई निर्माण अवधि भनियो काम भएको छैन । त्यही ठाँउमा सार्वजनिक खरिद कार्यलय वैदेशीक रोजगार विभाग, रेडक्रसले समेत ट्रष्टकै सम्पत्ति प्रयोग गरेका छन । बैङ्कमा १ अर्व ३४ करोड भए पनि त्यो पैसा शिक्षा र स्वास्थ्यमा लगानी हुन सकेको छैन । पाए हजम गर्न भ्रष्टहरू धेरै छन् । पर्यटन मन्त्री सूदन किरातीले त्यो बुझ्छन् । सरकारी सम्पत्ति माफिया र तस्करलाई उपभोग गर्न दिएर राम्रै कमाई गर्ने एमालेका नेता शुद्ध छन् । उनीहरूले राज्य दोहन गर्न पाउनु पनि कानुनी अधिकार हो । चलेको भाडा नलिने कम भाडा दिएर इस्वरलाई घुस खुवाएको थामसेर्कुले जस्तै वतास समुहले पशुपति धर्मशाला कव्जा गर्न पाएन पर्यटन मन्त्रालयमा प्रेम आलेको प्रवेशले धेरैलाई लघारेकै हो । यो वेलाका सुदन किराँती कम भएनन् । किराँतीको जोड पशुपति क्षेत्र विकास कोष तर्फ छ । किनकी त्यहाँ दान वाकस हराउने र फर्कने गरेको छ । नेपाल ट्रष्टको सम्पत्ति चितवन, धादिङ, नुवाकोट, काभ्रे, धनकुटा, पोखरा, ललितपुर सिन्धुपाल्चोक जस्ता जिल्लामा प्रशस्त छ । तर नेत्र विक्रम चन्द र मोहन वैद्यको क्रान्तिकारीताले झण्डा गाडेको छैन । दरवारको सम्पत्ति यस्ता क्रान्तिकारीहरूले छुने हिम्मत गर्दैनन् । किनकी उनीहरूलाई संघियता र लोकतन्त्र संसदीय भाषमा फसेकोमा बढी चिन्ता छ । तस्करको चन्दा र माफियाको अनुदान मात्र होईन नर्वे र अष्ट्रेलीयन डलरले जनयुद्धबाट धोका खाएका खडग विक र नेत्रविक्रमहरू चलेका कारण नेपाल ट्रष्टको लुटको पत्तो नपाएका हुन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल