Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी नियुक्त

काठमाडौं। वैदेशिक रोजगार विभागको महानिर्देशक पदमा कृष्णप्रसाद दवाडी नियुक्त भएका छन्। उनले विभागको महानिर्देशकको पद आइतबारदेखि सम्हालेका हुन्। विभाग प्रवेशको पहिलो दिन डिसी नेपालसँग कुरा गर्दै उनले प्रमाणपत्र तहको शिक्षा पूरा गर्नासाथ सरकारी सेवामा सह–लेखापालको रुपमा सरकारी सेवा प्रवेश गरेको बताए। व्यवस्थापन विषयमा स्नातकोत्तर दवाडीले विभिन्न देश बाट उच्च शिक्षा र तालीम लिएका छन्। पछिल्लो समय सहरी विकास मन्त्रालयमा करिब ३ बर्षदेखि कार्यरत उनले आइतबारदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागमा कार्य प्रारम्भ गरेका हुन्। कार्य शुभारम्भ गरेको पहिलो दिन कार्यकक्षबाट महानिर्देशक दवाडीले डिसी नेपालसँग भने, ‘प्राथमिकताको आधारमा हेर्दा नेपाली नागरिकको सुरक्षा र व्यवसायीको हक हितको सुरक्षा गर्ने मेरो सोचाइ छ।’ तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल सर्वसाधरण नेपाली माझ लोकप्रिय थिए। दाहालले वैदेशिक रोजगारीमा जाँदा अप्ठ्यारोमा परेका र दलालको चडगुलमा फसेका युवालाई न्याय दिलाउन भरमग्दुर प्रयास गरेका थिए। महानिर्देशक भएर आएका दवाडीलाई दाहालको विरासत थाम्नु पर्ने चुनौती पनि थपिएको छ। वैदेशिक रोजगारीको भाउँतो त मिलाउनु छ नै।