Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
परिवर्तन समय अनुकुल हुनुपर्छ । राजतन्त्र संवैधानिक थियो । त्यसको ठाउँमा गणतन्त्र भयो । राष्ट्रपतिलाई देशको राष्ट्रिय स्वाभिमानको ख्याल हुँदैन । त्यो पदमा पुगेका डा. रामवरण यादवले चुलो बलेन भन्दै राज्यकोष धुत्छन् । रामचन्द्र पौैडेल आफ्नो उपचार आफैं गर्छु भनेर प्रचार गर्छन् तर पैसा देखेपछि तीन नेत्रको पनि बल्छ । कानुनले व्यवस्था गरेको कुरा भनेर उपचार खर्च लिन्छन् र टार्छन् । यी दुवै जनताको आर्थिक सवालमा लोभी देखिए । देशको सार्वभौम अखण्डता कानुनी राज, विधिको शासनलाई दल जस्तो छ त्यस्तै सोच्ने काम यिनको देखियो ।
देशको राष्ट्रिय अस्मितामाथि प्रहार गर्ने यिनै यस्ता चरित्र, राजनीतिमा हावी हुने हो । नेपालमा बहुदल आयो, काँग्रेसले सरकार बनाएर पहिलो प्रहार सुरक्षा अंगलाई बनायो । जुन अंग दरिलो बनाउनुपर्छ त्यसैलाई अंगभंग बनाएर पार्टी कार्यकर्ताको भर्ति केन्द्र बनायो । त्यहाँ भर्ती गरिएकाहरू नेपाल प्रहरीमा पठाइए । तिनको काम काँग्रेस नेताको सेवा गर्ने र कमाउने भयो । संगठनमा तिनै बदनाम छन् । देशमा परिवर्तन हुन्छ । तर त्यो परिवर्तनले सुरक्षा संयन्त्रमाथि प्रहार गर्नु नै शान्ति सुरक्षामाथिको लापबारही हो । राजधानीमा कथित राष्ट्रवादीले माइतीघर मण्डलामा धर्ना दिन्छ । तर लिम्पियाधुरा र कुटियाङदीलाई दुखेको धर्ना कर्ताले पत्ता पाउँदैन ।
जहाँ आफ्नै देशको बाटो हुँदै आफ्नै जिल्लाको सदरमुकाम आउन जनतालाई बाटो छैन । त्यतसर्फ काँग्रेस, कम्युनिष्ट कसैले हेरेनन् । राष्ट्रपतिले टेरेनन् सम्माननीय र माननीयले चासो नदिएको यो विषय राजापछि राष्ट्रपति भएका यिनले किन चासो दिन्थे । यिनलाई पार्टीले राष्ट्रपति दियो नुनको सोझो त्यतै गर्दैछन् । प्रजातन्त्रको शुरुवातमै मुलुक र जनताका हित भन्दा नेता र परिवारको चाहनाले बहुदललाई कुरूप बनाइयो । त्यो कुरूपताले सेना भनेन प्रहरी भनेन, प्रशासन निष्पक्ष बनाउन चाहेन भने सुरक्षा अंगको मेरुदण्ड राष्ट्रिय अनुसन्धान विभागलाई बढी आक्रमण ग¥यो । जुन विभागलाई समय अनुकुल सक्षम बनाउनु पथ्र्यो त्यहाँ लठैत, कार्यकर्ता भर्ती गरेर ध्वस्त बनाउने काम भयो । देशको राष्ट्रिय हित र सार्वजनिक सरोकारका बारेमा राज्यका सञ्चालक इमान्दार भएका भए छिमेकीले हेप्न सक्ने थिएन । नेपाललाई सीमामा समस्या छ । तर दक्षिणबाट जति समस्या उब्जाइन्छ उत्तरमा छैन । अहिले सशस्त्र प्रहरीले सीमा सुरक्षाको जिम्मा पाएको पनि छ । नेपाल सार्वभौम राष्ट्र हो । विश्वका ठूला र धनी राष्ट्रको राष्ट्रिय स्वाभिमानको कदर गर्नेले नेपालको पनि गर्छ । विकासोन्मुख राष्ट्र भएकोले दाताको सहयोग र अनुदान नेपालले ग्रहण गर्छ तर त्यो अनुदान सौदाबाजीमा लिन हुन्न । अमेरिका, जापान, बेलायत, चीन, अष्ट्रेलिया र भारतको जस्तो हैसियत हो अन्तर्राष्ट्रमा नेपालको त्यही हो । समय फेरबदल हुन्छ । १९५० को दशकको असमान सन्धि, २०२४ मा पनि उस्तै हुन सक्दैन । देशका नेताले सत्ता र स्वार्थ र कुर्सीको तानावाना बुन्छन् । त्यस्तो चिन्ता लिँदा लिम्पियाधुरा र लिपुलेकतिरको जनजीवन स्मरण गरे पुग्छ । एमाले अध्यक्ष नेकपाको पार्टीको प्रम भएका बेला जसरी चुच्चे नक्सा ल्याइयो त्यो देख्दा सही हुन सक्छ तर व्यवहारमा आउन कुटनीतिक पहल भएन ।
राष्ट्रवादी देशभक्त जो बने पनि हुन्छ । तर त्यहाँ सत्ता र शक्ति दोहोरिने होइन । कार्यक्षमता कमजोर भएकाहरूले कुर्सी छोड्न र उनीहरूका लागि सार्वभौम अखण्डता महत्वपूर्ण भएन । सुनिँदैछ जसपाको खाजा खजना अझै जारी छ । नेकपा एसबाट केही सांसद विद्रोह गर्न तत्पर छन् । काँग्रेसले बिगारेको हो सुरक्षा संचरनाको आन्तरिक रूप । प्रहरी र गुप्तचरलाई आफ्नै गुप्तचरी गर्न खडा भएको देखाएर काँग्रेसले मनपरी बोल्यो, निर्णय ग¥यो । सुरक्षा अंगलाई राज्य सत्ताको राजनीतिक रूप फेरिए झैं हस्तक्षेप गर्दा ती संस्थाहरूबाट राज्यले लिनुपर्ने र पाउनुपर्ने सूचना नपाएको हो । देशको समृद्धि र विकासको ऐलान गर्न सकिन्छ तर दलीय एकता र दृष्टिकोणमा भिन्नता भएका कारण देशको नीति र थिति बिग्रेको कसैले देखेन । त्यो सत्यालई उजागर गर्नेले गर्छन्, सुन्नेले सुने पनि शासकहरूमा सुरक्षा संवेदनशीलताको जागरण आउँदैन भने त्यो जस्तो नालायकीपन अरु हुँदैन । कमजोरी लुकाउन ठाउँ खोज्नै पर्दैन । जुनसुकै संगठन उसको ऐन नीतिमा चल्न पाउनुपर्छ । यहाँ प्रतिस्पर्धाबाट छानिएका योग्यले ठाउँ पाउनुपर्छ । नेताका भान्से र पछुवाले संवेदनशील ठाउँमा राजगर्दा देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि समस्या आउन सक्छ । अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी, राअविलाई राज्यको संवेदनशील स्थानमा खटाएर मात्रै हुँदैन । कुटनीतिक पहल र त्यहाँका जनताको भावना बुझ्नु ठूलो कुरा हो । त्यो कुरा भन्नेले सम्बन्धित ठाउँमा भन्नु, सुन्नेले सुनेर आवश्यकता पूरा गर्नु नै बुद्धिमानी ठहर्छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल