Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५६.९२ अंकमा झरेको छ ।
आज २८० कम्पनीका ३५ लाख ६२ हजार ६ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजार ४ सय १८.२० रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटेको दिन आज बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ४३ लाख ३१ हजार ७ सय १.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ, सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ, मंगलबार १७.५६ अंकले बजार घट्दा १ अर्ब १९ करोड ९१ लख १ हजार ३ सय २४.८१ रुपियाँ र हिजो बुधबार ९.२४ अंकले बजार बढ्दा १ अर्ब १८ करोड ९९ लाख ३१ ह्जार ३ सय ८५.३७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल