Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १२.७३ अंकको सुधार, दुइ अर्व ५७ करोडको कारोबार

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम पनि अढाई अर्बमा समेटिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.७३ अंकले बढेको हो । ०.६१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८८.७० अंकमा उक्लिएको हो ।
आज २८२ कम्पनीका ६४ लाख ५० हजार ९ सय ३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १ सय २८.५० रुपियाँ बराबरको कारोबार भएको छ ।
सिटी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाउँदा बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नागरिक लगानी कोषको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड १७ लाख ८ सय ३०.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५३.७० अंकले घट्दा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९.३९ रुपियाँ र हिजो सोमबार २१.३२ अंकले बजार घट्दा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३ सय ७५.४४ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल