Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १४.०५ अंकको गिरावट, साढे ३ अर्ब पनि पुगेन कारोबार

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घट्न थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.०५ अंकले घटेको हो । ०.६८ प्रतिशतले बजार घट्दा नेप्से २०५०.७८ अंकमा झरेको छ ।
आज २७१ कम्पनीका ८६ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २ सय ६०.७८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् भने ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ६ लाख ४१ हजार ३ सय २७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५२.२६ अंकले बजार बढ्दा ४ अर्ब ८६ करोड ९१ लख ८४ हजार १६.०२ रुपियाँ, सोमबार २.९४ अंकले बजार घट्दा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८ सय ८०।२८ रुपियाँ र हिजो मंगलबार २६.५६ अंकले बजार घट्दा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९ सय ५३.९७ रुपियाँ बराबरको कारोबार भएको थियो ।