Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १४.४१ अंकको सुधारः कारोबार रकम भने बढ्न सकेन

काठमाडौं । लगातार घटिरहेका शेयर बजारमा आज १४.४१ अंकको सुधार देखिएको छ । तर कारोबार रकम भने सवा अर्ब पनि पुग्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १४.४१ अंकले बढेको हो । ०.७४ प्रतिशतले बजार उकालो लाग्दा नेप्से परिसूचक १९५२.६६ अंकमा उक्लिएको छ ।
आज २६१ कम्पनीका ४० लाख ५९ हजार १ सय ४९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४ सय ११.६२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज शुभम् पावर, सुपर मादी हाइड्रो र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २ लगानीकर्ताहरुले क्रमशः १०, ९.९७ र ८.०२ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.१८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज साल्ट ट्रेडिङ कर्पोरेशनको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपियाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन आइतरबार बजार ३०.७७ अंकले तल झर्दा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८ सय ९३.४८ रुपियाँ बराबरको कारोबारको कारोबार भएको थियो । हिजो सोमबार भने होली पवएका कारण बजार बन्द रहेको थियो भने भोलि बुधबार नारी दिवसको बिदाका कारण बजार बन्द रहने छ ।