Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १७.३६ अंकको सुधार, कारोबार रकम ८८ करोड

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से फेरि १९ अंक माथि पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १७.३६ अंकले बढेको हो । ०.९२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९०५.६८ अंकमा उक्लिएको हो ।
आज २६४ कम्पनीका २७ लाख ५ सय ७० कित्ता शेयर किनबेच हुँदा ८८ करोड ५५ लाख ७८ हजार २ सय ७०।७६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उकालो लागेको दिन तारागाएँ रिजेन्सी होटल लिमिटेका शेयरधनीहरुले सबैभन्दा बढी ८ प्रतिशतले नाफा कमाएका छन् भने सनराइज ब्यूचिप फण्डका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ९१ हजार ५ सय ५७।१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार १८.८० अंकले घट्दा २ करोड ८५ लाख ३४ हजार ३६.३४ रुपियाँ र हिजो सोमबार २.७१ अंकले बजार बढ्दा ७५ करोड १३ लाख ३० हजार ३ सय ९३.७० रुपियाँ बराबरको कारोबार भएको थियो ।