Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारसँग पूँजीगत लाभकरमा सहमति भएपछि हिजो ह्वात्तै बढेको शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से का अनुसार आज बजार १७.३८ अंकले घटेको हो । ०.९१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०१.९९ अंकमा झरेको छ ।
आज २७७ कम्पनीका ५६ लाख २० हजार ३ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७.३१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी शिवम् सिमेन्टका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.५० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३ सय ५३ रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन हिजो आइतबार बजार ५३.०३ अंकले बढ्दा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल